जेठ ६, २०८१ आइतबार May 19, 2024

पत्रकारलाई मानव अधिकारसम्बन्धी तालिम सुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशले बागमती प्रदेशका १३ जिल्लामा कार्यरत पत्रकारलाई तीनदिने मानव अधिकारसम्बन्धी पत्रकारिता तालिम भक्तपुरमा सञ्चालन गरेको छ ।

तालिम उद्घाटनका क्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले मानवअधिकारकाको रक्षाले समाजलाई सबल र सुदृढ बनाउने भएकाले फ्रन्टलाइनर पत्रकारको पत्रकारिताले मानवअधिकार रक्षाका लागि टेवा पुग्ने बताउनुभयो ।

पत्रकारले संवेदनशील भएर पत्रकारिता गर्नु अहिलेको आवश्यकता रहेको मनन गर्दै आयोगले मानव अधिकारसम्बन्धी समाचार लेख्नका लागि पत्रकारको क्षमता अभिवृद्धि गर्न जरुरी रहेकाले तालिमको आयोजना गरिएको बताउनुभयो ।

आयोगका अध्यक्ष मगरले पत्रकार आफैँ पनि मानवअधिकार रक्षक भएको भन्दै समाजका विकृति र विसङ्गतिलाई न्यूनीकरणका लागि मानवअधिकार रक्षा हुने गरी समाचार सम्प्रेषण गर्नु आजको आवश्यकता रहेको औँल्याउनुभयो ।

मानवअधिकार आयोगका महासचिव मुरारीप्रसाद खरेलले तालिमले मानवअधिकारलाई केन्द्रमा राखी पत्रकारिता गर्न र मानवअधिकारको विषयलाई गहनरूपमा बुझ्न सहज बनाउन तालिमले मद्दत पुग्ने चर्चा गर्दै मानवअधिकारको रक्षाका लागि पनि पत्रकारिता जरूरी रहेको बताउनुभयो ।

वरिष्ठ पत्रकार प्रभुनारायण बस्नेतले पत्रकारले पनि मानवअधिकारको विषयलाई गहनरूपमा बुझ्न जरुरी रहेको औल्याउँदै मानवअधिकार र पत्रकारिताबीच सम्बन्धले समाजलाई सही बाटोमा डोर्याउने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया