जेठ ६, २०८१ आइतबार May 19, 2024

चाडपर्वले सबैलाई एकताबद्ध बनाउन टेवा पुर्‍याएको छ : प्रदेश प्रमुख जोशी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले चाडपर्वले सबैलाई एकताबद्ध बनाउन टेवा पुर्‍याएको बताउनुभएको छ ।

आज धनगढीमा भुवा पर्वको उद्घाटन गर्दै प्रदेश प्रमुख जोशीले पौराणकालिन भुवा पर्वको संरक्षणमा सबैले लाग्नुपर्ने बताउनुभयो । उहाँले भुवा पर्व जस्ता लोक संस्कृति हामी सबैको पहिचान भएको उल्लेख गर्दै  यसको विकास गरेर लैजानु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृप वडले भुवा पर्वलाई साझा पर्वका रुपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विभिन्न भुवा नाच प्रदर्शन गरिएको थियो । बाजुरेली समाजको आयोजनामा सुरु भएको भुवा पर्व भोलि सोमबार सम्म चल्ने समाजका अध्यक्ष चेतन थापाले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया