कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पृथ्वी जयन्तीको दिन पुस २७ गते गोरखा नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ । नगर कार्यपालिकाको बैठक बसेर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । अघिल्लो वर्ष पनि गोरखामा बिदा दिइएको थियो ।

सोमबार सूचना जारी गर्दै पृथ्वी जयन्तीमा बिदा दिने निर्णय भएको जानकारी दिइएको हो । ‘पृथ्वी जयन्तीको दिन नगरपालिकाका कार्यालय, वडा कार्यालयहरू, नगरपालिका अन्तरगतका सबै संस्थाहरूमा सार्वजनिक बिदा हुनेछ,’ सूचनामा भनिएको छ ।

पृथ्वीनारायण शाह गोरखामा जन्मिएका हुन् भने गोरखाबाटै राष्ट्रिय एकीकरण अभियान सुरु गरेका थिए । दिवसकै अवसरमा पालिकाले तीन दिने कार्यक्रम आयोजना गरेको छ । पहिलो दिन २५ गते मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता हुनेछ भने दोस्रो दिन २६ गते द्रब्यशाह चौतारादेखि ठूलो आँगनसम्म ९ किलोमिटरमा दौड प्रतियोगिता आयोजना गरिएको मेयर राजनराज पन्तले जानकारी दिए ।

उनका अनुसार २७ गते बिहान अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिनेछ भने दिउँसो झाँकी र्‍याली हुनेछ । साँझ पृथ्वीनारायण शाहको सालिक भएको ठाउँमा पत्रकार महासंघले दीप प्रज्वलनको कार्यक्रम गर्ने छ । दिवस मनाउन मेयर पन्तको अध्यक्षतामा ५ सय १ सदस्यीय मूल समिति गठन गरिएको छ । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार