जेठ ६, २०८१ आइतबार May 19, 2024

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेल नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले राष्ट्रिय अनुसन्धान विभाग (राअवि)को प्रमुखमा यदुलाल खरेललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई मुलुकको आन्तरिक गुप्तचरी निकाय राअविको प्रमुखमा बढुवा गरेको हो ।

विभागको हाल नेतृत्व गरिरहेका गणेश अधिकारी २२ पुसबाट अनिबार्य अवकाशमा जानेभएपछि बरियतामा अधिकारीपछिका खरेललाई नियुक्त गरिएको  हो । उनी करिब नौ महिना संगठन प्रमुख हुनेछन् । उनी विभागको नियमावली अनुसार ५८ वर्षे उमेरहदका कारण अवकाश हुनेछन् ।

खरेलसँगै राअविका अर्का अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यादवप्रसाद रेग्मी पनि गुप्तचर प्रमुख बन्ने दौडमा थिए । खरेल प्रमुख भएसँगै रेग्मी तीन महिनामै सोही पदबाट उमेरहदका कारण अनिबार्य अवकाश जाने छन् ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २३ पुस २०७५ अधिकारीलाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गरेका थिए। प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याउनुका साथै तत्कालिन प्रमुख दिलिप रेग्मीलाई हटाएर अधिकारीलाई प्रमुख बनाएका थिए ।

राष्ट्रिय अनुसन्धान विभाग नेपालको संविधानमा व्यवस्था भए वमोजिम संघमा रहने गरी स्थापित इन्टेलिजेन्स संस्था हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया