जेठ ६, २०८१ आइतबार May 19, 2024

चीनले हुम्ला मिचेको सीमा अध्ययन गर्न नौ लाख खर्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चीनले हुम्लास्थित नेपाली भूमि अतिक्रमण गरेकोमा छानबिन गर्न गठित समितिलाई नौ लाख रुपैयाँ निकासा गरेको खुलेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा गठित समितिलाई लिमी लाप्चासम्मको भूमिबारे अध्ययन गर्नका लागि नौ लाख रुपैयाँ निकास गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

सहसचिव आचार्य नेतृत्वको उक्त टोलीले नेपाल–चीन सीमा स्तम्भ नम्बर १२ नजिकैको लिमी लाप्चा क्षेत्रको भ्रमण गरे पनि मौसम प्रतिकुलता भन्दै ११ नम्बर पिलरमा भने नगई काठमाडौं फर्किएको थियो ।

मुख्यतः कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्लामा चिनियाँ पक्षले भूमि मिचेको भन्दै सार्वजनिक गरेपछि त्यसमा चासो व्यक्त भएको थियो । जसकारण शेरबहादुर देउवा नेतृत्वको सरकारले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सीमाविज्ञ रहेको समिति गठन गरेको थियो ।

अर्थ मन्त्रालयले ‘हुम्लाको नाम्खा गापा लिमी लाप्सादेखि हिल्सासम्मको क्षेत्रमा सीमा अतिक्रमण भएको भनिएको विषयमा  अध्ययन गर्न गठित समितिका लागि नौ लाख रुपैयाँ निकास गरेको थियो । तर, सीमा नै अध्ययन नगरी फर्किएको टोलीले दुवै देशका सीमाविज्ञहरु राखेर समस्या समाधान गर्न गत १० असोजमा सुझाव पेस गरेको थियो ।

गत २५ भदौमा हुम्ला गएको टोली २ असोजमा फर्किएको थियो ।-नयूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार
राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि सर्यो
२०८१ जेठ ६, आइतबार
रुसले युक्रेनमा आक्रमण बढाउन सक्ने जेलेन्स्कीको आकलन
२०८१ जेठ ६, आइतबार