जेठ ६, २०८१ आइतबार May 19, 2024

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनलाई जिताउन भूमिका खेल्ने पाँचदलीय संयन्त्रको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध पाँच दलका उम्मेदवारहरूलाई जिताउन भूमिका खेल्ने सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्णय भएको छ ।

आज (बिहीबार) बसेको संयन्त्रको बैठकले आगामी माघ १२ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको हो । साथै बैठकले मतदाताहरुलाई गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल समेत गरेको छ ।

संयन्त्रको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबारबाट हुने भारत भ्रमणको सफलताका लागि शुभकामना समेत दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप बलियो हुने संयन्त्रको विश्वास छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार