जेठ ६, २०८१ आइतबार May 19, 2024

गृहमन्त्री खाँणको अध्यक्षतामा सुरक्षा चुनौतीका विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: आसन्न निर्वाचनमा सुरक्षालाई मध्यनजर गर्दै सरकारले सुरक्षा अवस्थाका बारेमा छलफल गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका विषयमा छलफल भएको हो ।

बैठकमा राष्ट्रियसभाको निर्वाचन तथा आसन्न स्थानीय तहको निर्वाचनमा गरिने सुरक्षा तयारीका बारेमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते हुँदैछ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाख महिनामा गर्न प्रस्ताव गरेको छ । यद्यपि सरकारले निर्वाचनको मिति तय भने गरेको छैन ।

बैठकमा तराई–मधेसका क्षेत्रमा सिके राउत समूहका गतिविधिले सुरक्षा चुनौती थपेको निष्कर्ष पेश गरिएको थियो । “समसामयिक सुरक्षा अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका बारेमा समितिमा छलफल भयो”, उहाँले भन्नुभयो ।

समितिको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतका उच्च अधिकारी उपस्थिति हुनुहुन्थ्यो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार