जेठ ६, २०८१ आइतबार May 19, 2024

प्रदेश १ का पूर्व मुख्यमन्त्री राईले फिर्ता गरे गाडी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले प्रयोग गर्दै आएको प्रदेश सरकारको गाडी मन्त्रालय फिर्ता गरेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रशासन शाखा प्रमुख सतिस सत्यालका अनुसार राईले प्रयोग गरेको गाडी आज मन्त्रालय आइपुगेको हो ।

को१झ ५६५ नम्बरको गाडी पूर्वमुख्यमन्त्री राईले पदबाट हटेको लामो समयसम्म फिर्ता नगरेको भन्दै आलोचना भएको थियो ।

राईले आर्थिक मामिला तथा योजना मन्त्रालयको को१झ ५६५ नम्बरको गाडी मुख्यमन्त्रीबाट भदौ १० गते राजीनामा दिए पनि प्रयोग गर्दै आएका थिए । प्रदेश सरकारले पूर्वमुख्यमन्त्रीलाई कुनै किसिमको सेवा सुविधा दिने व्यवस्था नगरे पनि राईले हालसम्म गाडी फिर्ता गरेका थिएनन् ।

तत्कालीन मुख्यमन्त्री राईले २०७७ पुस १२ गते तत्कालिन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेपछि उक्त मन्त्रालयका गाडी लगेर काठमाडौंस्थित मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा राखेका थिए ।

गाडी फिर्ता गर्न पटक पटक मन्त्रालयले ताकेता गरे पनि उनले अनाकानी गरेका थिए । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार