जेठ ६, २०८१ आइतबार May 19, 2024

हुम्लामा भारी हिमपात, तापक्रम माइनस १२ डिग्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । एक फिट जमेको हिउँले गर्दाे स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ ।

हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यस वर्षकै ठूलो हिमपात भयो । घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन् ।” अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान भएका छन् ।

निरन्तर हिउँसँगैको अत्यधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिनुभयो । हिमपातले अहिलेसम्म घटना नघटेको पनि जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार