जेठ ६, २०८१ आइतबार May 19, 2024

बिना ईजाजत अनलाइन र नेटवकिर्ङ व्यवसायबाट ठगी गर्नेलाई कारबाही गर्दै सरकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अनलाइन वा नेटवर्किङ व्यवसायको नाममा इजाजत नै नलिई आर्थिक गतिविधि गर्नेविरुद्ध सरकारले कारबाही थाल्ने भएको छ ।

हालै एक सूचना जारी गर्दै गृह मन्त्रालयले विभिन्न स्वरूपका गैरकानूनी आर्थिक क्रियाकलापबाट ठगी र असुरक्षा बढेकाले यस्ता व्यवसाय गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा इजाजत नलिई अनलाइन वा विद्युतीय कारोबारका नाममा यस्ता गतिविधि भइरहेको मन्त्रालयले जनाएको छ ।

आर्थिक लाभ पुर्‍याउने प्रलोभनमा अनलाइनमार्फत विभिन्न स्वरुपका गैरकानूनी कार्य फष्टाएको भन्दै मन्त्रालयले नागरिकलाई सचेत रहन समेत आग्रह गरेको छ ।

यस्ता व्यवसायका जुनसुकै गतिविधिहरूको निगरानी गर्ने, नियन्त्रण गर्ने र गैरकानूनी कार्य गरेको पाइए प्रचलित कानून बमोजिम कारबाही हुने मन्त्रालयले जानकारी गराएको छ ।-टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार