जेठ ६, २०८१ आइतबार May 19, 2024

भूमि आयोगले देशभर सुकुम्बासीको लगत संकलन गर्ने, निवेदन बुझाउन ३५ दिनको समय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन निवेदन मागेको छ । आयोगले सार्वजनिक सूचना निकालेर ३५ दिनभित्र निवेदन दिन भनेको हो ।

‘भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि देहायका स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भरी मिति २०७८ माघ १८ गतेदेखि ३५ दिनभित्र स्थानीय तहबाट बडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलक मार्फत पेस गर्नुहुन र आफूले आवाद कमोत गरेको जग्गाको नाप नक्सा सम्बन्धित नापी टोली खटिए पश्चात गराउन यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ’, जारी सूचनामा उल्लेख छ ।

२७ जिल्लाका ७६ स्थानीय तहका भूमिहीन सुकुम्बासीलाई निवेदन दिन आयोगले भनेको हो ।

आयोगले इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा, रौतहट, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, तनहुँ, नवलपरासी पूर्व,  नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेल्धुराका ६८ स्थानीय तहका सुकुम्बासीसँग आयोगले निवेदन मागेको हो ।  यसपछि थप  जिल्लाका स्थानीय तहका सुकुम्बासीसँग पनि आवेदन माग्ने भएकाे छ । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार