जेठ ६, २०८१ आइतबार May 19, 2024

‘रााष्ट्रिय एकीकरण दिवस’मा सार्वजनिक बिदा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पृथ्वी जयन्ती तथा रााष्ट्रिय एकीकरण दिवसका अवसरमा नुवाकोटको विदुर नगरपालिकाले यही पुस २७ गते सार्वजनिक बिदा दिएको छ ।

यही पुस ९ गते बसेको दसाँै नगरसभा विदुर नगरपालिकाको निर्णयअनुसार पुस २७ गते सार्वजनिक बिदा दिएको नगरपालिकाले आज जारी गरेको सूचनामा भनिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले हस्ताक्षर गरेको सूचनाअनुसार पृथ्वीनारायण शाह जन्मेको दिन पुस २७ गतेलाई रााष्ट्रिय एकीकरण दिवसका रूपमा मनाइने भएकाले विदुर नगरपालिकासहित नगरभित्रका पालिकाअन्तर्गत रहेका वडा कार्यालयहरु, स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरू, शैक्षिक संस्थाहरूलाई सार्वजनिक बिदा दिइएको छ ।

पृथ्वी जयन्तीका अवसरमा विदुर नगरपालिकाका विभिन्न स्थानमा भिन्नाभिन्नै कार्यक्रमका साथ राष्ट्रिय एकता दिवस मनाइने गरिएको छ ।

नुवाकोटको साततले दरबार क्षेत्र, देवीघाटस्थित पृथ्वी स्मारक र पृथ्वीनारायण शाहको अन्तिम दाहसंस्कार गरिएको स्थल तादी र त्रिशूली नदीको सङ्गम जालपादेवी मन्दिर परिसरमा छुट्टाछुट्टै कार्यक्रमका साथ पृथ्वी जयन्ती मनाउन आवश्यक तयारी भइरहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार