जेठ ६, २०८१ आइतबार May 19, 2024

नतिजा देखिने गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गण्डकी विश्वविद्यालयले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई वार्षिक प्रतिवेदन पेश गरेको छ । विश्वविद्यालय परिषद् अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले मुख्यमन्त्री पोखरेललाई उक्त प्रतिवेदन पेस गर्नुभएको हो ।

मुख्यमन्त्री पोखरेलले जुन भावना र मर्मअनुसार विश्वविद्यालय स्थापना भएको हो । त्यसैगरी काम गरेर नतिजा देखाउन आग्रह गर्नुभयो । दक्ष जनशक्ति उत्पादन गरी गण्डकी र अन्य प्रदेशमा उपलब्ध गराउन विश्वविद्यालयले भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

शैक्षिक प्रमाणपत्र हातमा परे पनि कुनै सीप नभएका कारण बेरोजगारी बढिरहेको जनाउँदै यही अवस्था अन्त्यका लागि गण्डकीले विश्वविद्यालय स्थापना गरेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । उहाँले विश्वविद्यालयका गतिविधि र शैक्षिक कार्यक्रमका बारेमा जिज्ञासा राख्नुभएको थियो ।

कुलपति प्राध्यापक डा गणेशमान गुरुङले विश्वविद्यालयले नेपालमै पहिलो पटक स्पोर्ट्स म्यानेज्मेन्टको पढाइ सुरु गरेको जनाउँदै विद्यार्थीको राम्रो आकर्षण रहेको बताउनुभयो । ‘स्पोर्ट्स म्यानेज्मेन्ट’ सँगै विश्वविद्यालयले ‘व्याचर इन फार्मेसी’ र ‘व्याचलर इन आइटी’ को कक्षा पनि सुरु गरेको छ । पोखरा ३२ मा सञ्चालित फार्मेसीमा १५ विद्यार्थी छन् भने महेन्द्रपुलबाट सुरु गरिएको आइटिमा २९ जना विद्यार्थीले पढिरहेका छन् ।

पढाइ, अनुसन्धान र अविष्कारमा जोड दिएको विश्वविद्यालयले अुनसन्धानतर्फ कोदो रक्सीको ब्रान्डिङको काम गरिरहेको छ । अविष्कार केन्द्रको काम पनि अन्तिम चरणमा पु¥याएको कुलपति प्राडा गणेशमान गुरुङले जानकारी दिनुभयो । निकट भविष्यमै एमविविएस पढाइसँगै शिक्षण अस्पतालको अवधारणा ल्याएको विश्वविद्यालयमा जग्गा प्राप्तिको समस्या रहेको उहाँले बताउनुभयो ।

परिषद् अध्यक्ष डा देवकोटाले यो वर्ष विश्वविद्यालयको प्रशासनिक, अनुसन्धान केन्द्र, पुस्तकालयलगायत कक्षा कोठाको निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदनको काम भइरहेकाले यथेष्ट बजेट आवश्यक पर्ने भनाइ राख्नुभयो ।

कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा, उपकुलपति प्रा डा नवराज देवकोटा, प्रदेशका प्रमुख सचिव रवीलाल पन्थ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कुमाल, विश्वविद्यालयका रजिस्ट्रार डा कैलाश तिमिल्सिनासहित उपस्थिति थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार