काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ ।
शुक्रबार गरिएको दोस्रो परीक्षणमा रिपोर्ट नेगेटिभ आएको मन्त्री कार्कीले बताए ।
दोस्रो पटक गरिएको परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएसँगै मन्त्री कार्कीले भेटघाटमा सक्रिय भएका छन् । मन्त्री कार्की शुक्रबारको मन्त्रिपरिषद्को बैठकमा समेत सहभागी भएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया