काठमाडौंः काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले सिंहदरबारभित्रै विद्यार्थीले कालोमोसो दलेका छन् । शुक्रबार शिक्षा मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकबाट बाहिरिनेक्रममा विद्यार्थीले कालोमोसो दलेका हुन् ।
करिब ५/६ जना विद्यार्थीहरुको समुहले शुक्रबार पौने पाँच बजेको समयमा मन्त्रालय परिसरमै कालोमोसो दलेका हुन् ।
प्रहरीले कालो मोसो दल्ने समूहमा सहभागी भएका नेकपा (एस) निकट अनेरास्ववियुका उप महासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई पन्ध्र मिनेटमै पक्राउ गरेको जनाएको छ । पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहा गर्न अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले माग गरेका छन् ।
‘सुनिल शर्मालाई कालोमोसो दलेका छौँ’, पराजुलीले बताए, ‘हाम्रो संगठनका उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई तत्काल रिहा गर्न माग गर्दछु ।’
शर्मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकमा सहभागी भएर बाहिरिएका थिए । मन्त्रालयमा चिकित्सा शिक्षा आयोगले तोके भन्दा बढी शुल्क लिन नपाउने विषयमा छलफल भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया