कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

कोरोना कहरः कालिकोट प्रशासनद्वारा पाँचबुँदे आदेश जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः कालीकोट जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि पाँच बुँदे आदेश जारी गरेको छ ।

कोभिड–१९ को बढ्दो सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र्र (सिसिएमसी) को सिफारिस एवं गृह मन्त्रालयको निर्णयबमोजिम शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी जारी गरिएको आदेशमा सार्वजनिकस्थलमा २५ भन्दाबढी उपस्थित हुने गरी राजनीतिक तथा प्रशासनिक, सामाजिक कार्यक्रम, भेला, मेला वा महोत्सव आयोजना नगर्न भनिएको छ ।

अत्यावश्यक र पहिल्यै तय भइसकेका कार्यक्रमका हकमा स्थानीय प्रशासनको अनुमति लिएर कोभिड–१९ को स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड अपनाएर गर्न पाइने भएको छ ।सार्वजनिक स्थान(कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, पार्क आदि)मा प्रवेश गर्दा अनिवार्यरुपमा कोभिड–१९ विरुद्ध खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्न र ती निकायले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउनका लागि निर्देशन दिइएको छ ।

यही माघ ७ गतेदेखि सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिने, सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, यात्रु प्रवेश गर्ने ढोकामा सेनिटाइजर राखेर प्रयोगको व्यवस्था मिलाउनुपर्ने जनाइएको छ । घर बाहिर वा सार्वजनिकस्थलमा निस्कँदा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, समय समयमा साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्नुपर्नेजस्ता कुरा जारी आदेशमा उल्लेख छ ।

जिल्लामा कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गएकाले यस्तो आदेश जारी गर्नुपरेको प्रजिअ रामहरि शर्माले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार