कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

आत्महत्या न्यूनीकरणका लागि प्रहरीले बनायो लघु चलचित्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः आत्महत्या न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतनामुलक लघुचलचित्र ‘आत्महत्या नगरौं, बाँचौं र बचाऔं’ तयार पारेको छ ।

जिल्लामा बढ्दो आत्महत्याका घट्नालाई निरुत्साहनका लागि समाजमा सचेतना फैलाउने लक्ष्यका साथ जिल्ला प्रहरी कार्यालयले ४३ मिनेटको लघु चलचित्र तयार पारेको हो । पछिल्लो समय जिल्लामा आत्महत्याका घट्ना अधिक घट्ना थालेकाले आत्महत्या न्यूनीकरणका लागि जनचेतनामुलक लघु चलचित्र तयार पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

जिल्ला प्रहरी कार्यालयले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तहसँगको सहकार्यमा सन्देशमुलक लघु चलचित्र बनाएको हो । लघु चलचित्र सोमबार जिल्ला समन्वय समितिको समिक्षालय हलमा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले सार्वजनिक गरेका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गाउँ टोलदेखि क्याम्पस, विद्यालय लगायतमा सञ्चालन गरिने सचेतनामुलक कार्यक्रममा देखाउनेगरी लघु चलचित्र तयार पारिएको डिएसी लम्सालले बताए ।

भिडियो हेर्नमा अधिकांश स्थानीय झुम्मिने भएकाले प्रहरीले लघु चलचित्रको माध्यमबाट समुदायमा सचेतना फैलाउने योजना बनाएको हो । जिल्लामा आत्महत्याका सत्य घट्नामा आधारित रहेर लघु चलचित्र तयार पारिएको प्रहरीले जनाएको छ । लघु चलचित्रमा गरीवी, अशिक्षा, बैदेशिक रोजगार, प्रेममा बिछोड, असफलता, मद्यपान÷धुम्रपान लगायतका कारण कतिपय मानिस आत्महत्याको बाटो रोज्न बाध्य हुने चित्रण गरिएको छ ।

जेपी आचार्य ‘फिरन्ते’ले लेखेको कथालाई डिएसपी लम्सालको परिकल्पना र सञ्जिव राईको निर्देशनमा लघु चलचित्रमा उतारिएको हो । खोटाङका विभिन्न स्थानमा छायांकन गरिएको लघु चलचित्रमा सरिता भुजेल लगायत स्थानीय कलाकारकै अभिनय रहेको छ । लघु चलचित्रका बारेमा जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल लगायतले बोलेका थिए ।

प्रहरीका अनुसार जिल्लामा आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७७/०७८ सम्ममा १९१ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्ष मात्र १८ पुरुष र १३ महिलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार