कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

कोरोना कहरः अर्को सूचना जारी नभएसम्म अत्यावश्यक बाहेकका राहदानी वितरण बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः राहदानी विभागले अत्यावश्यकबाहेकका राहदानी वितरण बन्द गरेको छ।

विभागका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि विभागले अत्यावश्यकबाहेकका राहदानी वितरण बन्द गरेको हो।

विभागले सूचना जारी गर्दै विदेश जानुपर्ने महत्वपूर्ण कारणका आधारमा राहदानी जारी गर्ने जनाएको छ।

‘विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवाबाहेक यस विभागबाट प्रदान गरिने राहदानी सेवासम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्मको लागि सीमित गरिएको छ,’ विभागको सूचनामा उल्लेख छ।

अत्यावश्यक वा गम्भीर कारणले विदेश जानुपर्नेहरूलाई मात्रै राहदानी दिइने विभागका प्रवक्ता शरदराज आरनले जानकारी दिए। उनका अनुसार विभागका १५ कर्मचारीलाई कोरोना संक्रमण भएको छ। विभागले हाललाई बुकिङ तथा टोकन वितरण पनि स्थगन गरेको र अवस्था सामान्य भएपछि सेवाहरु सुरु गरिने भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार