कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

सर्लाहीका सिडिओसहित १२ जना कर्मचारीमा कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसहित जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामनरेश राम र राजकुमार थापालाई कोरोना संक्रमण भएको छ ।

अहिले प्रमुख जिल्ला अधिकारी गौतम,प्रशासकीय अधिकृत राम र थापा आइसोलेसनमा बसिरहनु भएको छ । प्रमुख जिल्ला अधिकारी गौतमलाई पुस २६ गते, प्रशासकीय अधिकृत राम र थापासहित कार्यालयका अन्य कर्मचारीलाई पुस २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रमुख जिल्ला अधिकारी र दुवै प्रशासकीय अधिकृत समेत गरी कार्यालयका १२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले पुस २९ गतेदेखि अत्यावश्यक काम परेका सेवाग्राहीलाई मात्रै सेवा दिइरहेको छ ।  सिडियोसहित अन्य कर्मचारी कोरोना संक्रमित भएपछि सेवाग्राहीहरूलाई नागरिकता र अन्य सिफारिस लिन समस्या भइरहेको छ ।

अहिले इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख सूर्य प्रसाद दाहालले केही दिनका लागि जिल्ला प्रशासन कार्यालय मलंगवामा समेत पुगेर अतिआवश्यक परेका सेवाग्राहीहरूलाई नागरिकता प्रदान गर्नुका साथै अन्य सिफारिसहरूमा हस्ताक्षर गरिरहनुभएको छ । इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख एवं प्रशासकीय अधिकृत सूर्य प्रसाद दाहालले दिनभर सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा बसेर सेवाग्राहीहरूको काम गरेर हरिवन फर्किने गरेको बताउनुभयो  ।

हरिवनका सेवाग्राहीहरूको भने दिनभर जम्मा भएको नागरिकता र अन्य सिफारिसमा साँझ अबेर आएर हस्ताक्षर गर्ने गरेको र भोलिपल्ट दिएर पठाउने गरिएको दाहालले बताउनुभयो  । उहाँले अत्यावश्यकमा पनि मलंगवामा आफूले सयको हाराहारीमा नागरिकता र विभिन्न सिफारिसहरूमा हस्ताक्षर गरेर फर्किने गरेको जानकारी दिनुभयो  । इलाका प्रशासन कार्यालय हरिवनबाट पनि दैनिक ५० देखि ६० वटासम्म नयाँ नागरिकता जारी भइरहेको कार्यालय प्रमुख दाहालले बताउनुभयो  ।

दुई जना प्रशासकीय अधिकृत बसेरै नागरिकता जारी गर्दा समेत कतिपय सेवाग्राहीहरू काम नभएर फर्किनुपर्ने अवस्थामा अहिले एक जना अधिकृतले अत्यावश्यक परेकालाई मात्रै नागरिकता प्रवाह गर्दा सेवाग्राहीको काम झनै रोकिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार