बैसाख २२, २०८३ मंगलबार May 5, 2026

एमालेविना दुईतिहाइ पुग्दैन । तर, पुग्दैन भनेर चुप लागेर बस्न हुँदैन । – केदार कार्की (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रदेश सरकार गठन भएको चार वर्ष पूरा हुन लाग्दा पनि अहिलेसम्म नामकरण किन टुंगिन सकेन ?

अघिल्लो सरकारसँग दुईतिहाइ मत थियो । त्यो सरकारले चाहेको भए प्रदेशको नामकरण हुने थियो । तर, त्यसवेलाको सरकारले बेवास्ता गर्दा टुंगिन सकेन । त्यसवेलाको सरकार राजधानीलाई देखाएर सरकार टिकाइराख्ने कोसिसमा लाग्यो । अहिले नयाँ सरकार बनेको छ । तर, यो सरकारसँग संविधानले भनेअनुसार दुईतिहाइ बहुमत छैन । त्यसैले हामीले टुंग्याउन सकिरहेका छैनौँ ।

सबै प्रदेशले नाम टुंग्याइसके । नाम टुंग्याउन नसक्ने एक मात्र प्रदेश बन्दा दबाब परेको छैन ?

अरूले नाम टुंग्याए भनेर हामीलाई दबाब पर्ने होइन । प्रदेशको नाममा साथीहरू धेरै किन लागिरहनुभएको छ, मलाई थाहा छैन । चार वर्षसम्म दुईतिहाइको सरकार जुन पार्टीले चलायो, उसले गर्न नसकेको कुरा गठबन्धनले गर्न सजिलो छैन । तथापि, हामीले सरकार चलाएका कारण टुंग्याउनुपर्ने छ । संसद् सुरु भएको छैन । संसद् सुरु भएपछि यसलाई अघि बढाउने कोसिस गर्छौं । एमालेविना दुईतिहाइ पुग्दैन । तर, पुग्दैन भनेर चुप लागेर बस्न हुँदैन । हामीले गर्ने काम र कर्तव्य गर्छौं ।

प्रदेश सरकारले कहिलेसम्ममा कस्तो नाम राखेर प्रस्ताव दर्ता गराउला ? 

प्रस्ताव गठबन्धनको तर्फबाट आउँछ । संसद्मा सरकारले प्रस्ताव लाने होइन । सरकारले सहजीकरण गर्ने हो । दलबाट एउटै धारणा बनाउने प्रयत्न गर्छौं । एमालेसँगको सहमतिमा ल्याउने कोसिस गर्छौं । कहिले प्रस्ताव आउँछ भन्ने कुरा हुँदैन । संसद् बसेपछि टुंगो लाग्छ ।

आफूहरूसँग दुईतिहाइ छैन भनेर तपाईंले नै भन्नुभयो । एमालेलाई सहमतिमा ल्याउने प्रयास पनि भएको देखिँदैन । सीधै निर्वाचन प्रक्रियामा जान खोजिएको हो ?

अधिकतम प्रयास त सहमतिका लागि हुन्छ । तर, सहमति भए पनि मतदान प्रक्रियाबाट नै टुंगो लगाउने हो । संविधानले नै मतदान प्रक्रिया भनेको छ । मतदानमा त जान्छ । त्यसअघि सहमतिका लागि सरकारले अधिकतम सहजीकरण गर्छ ।

प्रदेश सरकारले १३ महिनापछि आफ्नो कार्यकाल पूरा गर्नेछ । बाँकी अवधिमा पनि नाम टुंग्याउन सक्नुभएन भने आगामी निर्वाचनमा मतदाताको अगाडि कसरी प्रस्तुत हुनुहुन्छ ? केही असहजता त पक्कै होला ?

हो, हामी सबैले प्रदेशको नाम समयमै टुंगो लगाउन सकेको भए राम्रो हुने थियो । तर, चार वर्ष जसले सरकार चलायो, उसले नाम दिन सकेन । हामी यही कुरा मतदातालाई सुनाउनेछौँ । सामान्य मान्छेलाई विकास चाहिएको छ, नाम चाहिएको छैन । जसलाई नाम चाहिएको छ, उसले संविधान पनि पढेको हुनुपर्छ । संविधानमा दुईतिहाइले टुंग्याउँछ भन्ने कुरा छ । दुईतिहाइ पुर्‍याउन एमालेबाहेक हुँदैन, एमालेको सहयोगविना नाम टुंगो लाग्दैन । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार