काठमाडौंः लोक सेवा आयोगले माघ मसान्तसम्म लिखित परीक्षाहरु स्थगित गरेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै आयोगको विहीबार बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
यही माघ ११ गतेदेखि उप–सचिवको परीक्षा तय भएको थियो, भने संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । तर, उक्त परीक्षाहरु हाललाई स्थगित गरिएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया