बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

बालुवाटारको जग्गा विप्लवले झण्डा गाड्दैमा कब्जा हुँदैन : सञ्चारमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारमा विप्लव समूहले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताएका छन्।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताएका हुन्।

बुधबार साँझ सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेत्रित्वको नेकपाले विवादित लतिला निवासको जग्गामा बम राख्नुका साथै झण्डा गाडेर कब्जा गरेको घोषणा गरेको थियो। त्यही सन्दर्भमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्।

‘नेपाल सरकारले त्यस जग्गामाथि छानबिन गरिरहेको छ’, मन्त्री बाँस्कोटाले भने, ‘यो जग्गा कसैले कब्जा गर्दैमा, झण्डा गाड्दैमा कब्जा हुँदैन।’ उनले विप्लव समूहले चर्चामा आउनका लागि जग्गा कब्जाको हल्ला गरेको बताएका छन।

यो जग्गामाथि सरकार आफैँले छानबिन गरिरहेको भन्दै त्यस्तो जग्गामाथि कब्जा गरे भन्नुको कुनै अर्थ नहुने बताएका छन। उनले विप्लव समूहका हिंसात्मक गतिविधि सह्या नहुने बताएका छन। सरकार आफैँले जग्गाबारे छानबिन गरिरहेको छ। लुकेर हमला गर्दा त्यसले राम्रो गर्दैन। हामीले भनेको पुष्टि भयो’, मन्त्री बाँस्कोटाले भने, ‘सरकारले टावरमा हान भनेको छैन। जनताको सम्पतिमा आक्रमण गरिएको छ। सरकार यस विषयमा सहनशील हुनै सक्दैन। सरकार यस्ता घटनामा खेद प्रकट गर्छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार