कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भएको छैन: प्रवक्ता कार्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएको भन्ने समाचार सञ्चारमाध्यमहरुमा आएपछि सरकारका प्रवक्ताले स्पष्ट पारेका छन्। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्रीले सर्वदलीय बैठक नबोलाइएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानका लागि सर्वदलीय बैठक बोलाएको समाचारहरु विभिन्न सञ्चारमाध्यममा आइरहेका बेला मन्त्री कार्कीले सर्वदलीय बैठक नबोलाइएको बताएका हुन् ।

उनले सर्बदलीय बैठक बोलाउने विषयमा छलफल समेत नभएको बताएका छन्। यद्यपि, शुक्रबार साँझ प्रधानमन्त्री सचिवालय स्रोतले भने आज बिहान ९ः३० बजेलाई बैठक बोलाइएको जानकारी दिएको थियो। तीन तहको चुनाव र त्यसमा देखिएको कानुनी संकटका विषयमा छलफल हुने भनिएको थियो। तर, प्रधानमन्त्री सचिवालय र मन्त्रीबीच कुरा बाझिएको छ ।

पहिला कानुनविद्हरुसँग कानुनी जटिलताको विषयमा परामर्श गर्ने र त्यसपछि मात्रै सर्वदलीय बैठक बोलाउने वालुवाटार श्रोतले बताएको छ। सरकार कानुनविद्हरुको सुझाव लिएर अगाडि बढ्ने निर्णयमा पुगेको छ। यसैबीच, नेकपा एमालेले पनि प्रधानमन्त्रीको सचिवालयले बैठकबारे कुनै जानकारी नआएको बताएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार