काठमाडौंः गाम्बिया र क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सिमित कोमोरोसलाई २-१ ले पराजित गर्यो ।
जितसंगै क्यामरुनले अन्तिम आठमा गाम्बियासंगको भेट पक्का गरेको छ । गय रातिनै भएको खेलमा गाम्बियाले गिनीलाई १-० ले पराजित गर्यो ।

गाम्बियाको जितमा मुसा बारोले खेलको ७१औं मिनेटमा निर्णायक गोल गरे । खेलमा दुबै टोली १० खेलाडीमा सिमित थिए ।
अब शनिबार हुने क्वाटरफाइनलमा यी दुई टोली भिड्नेछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया