बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

सभामुख छिटो चयन गर, एमसीसी पास गर : कांग्रेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सभामुख निर्वाचनलाई देखाएर संसद अवरुद्ध गरिराख्नु सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अकर्मण्यता भएको बताएको छ । साथै उसले माघ ६ गते बोलाइएको बैठकबाट सभामुख निर्वाचन प्रक्रिया सुरु गर्न माग गरेको छ ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले तत्काल प्रतिनिधिसभा बैठक सञ्चालन गर्न माग गरेको छ । बैठकले भनेको छ, संसदमा अल्पमतमा रहँदा विभिन्न वहानामा संसद अवरोध गर्ने र स्पष्ट बहुमत रहँदा आफूहरु बीचको आन्तरिक विवादलाई केन्द्रीय विषय बनाएर संसदीय परिपाटीको धज्जी उडाउने क्रियाकलापबाट नेकपाको संसदीय व्यवस्थाप्रतिको आस्थामा गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।’

साथै कांग्रेसले सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयनमा समेत जोड दिएको छ ।

बैठकले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई तत्काल संसदबाट अनुमोदन गर्न पनि माग गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार