असार २, २०८३ मंगलबार June 16, 2026

कोरोना महामारी र अस्तव्यस्त पठनपाठन – रमेशप्रसाद गौतम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

केही अगाडिसम्म विद्यार्थीको सिकाइ क्रियाकलापले निरन्तरता पाउने अपेक्षा गरिएकोमा अहिले ओमिक्रोन फैलिन थालेपछि सरकारले पुस अन्तिम सातादेखि सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । विगत तीन वर्षको अनुभवले भरपर्दो वैकल्पिक विधि र उपायको खोजी हुनुपथ्र्यो, त्यो हुन सकेन । खालि जोखिमलाई ध्यानै नदिई देशभरका विद्यालय बन्द गर्ने अपरिपक्व निर्णयले विद्यार्थीको सिकाइ क्रियाकलापमा बाधा मात्र उत्पन्न गराएको छ । कोरोना महामारीका कारण झन्डै तीन वर्षदेखि सानो–ठूलो लकडाउनले विश्वभरका शिक्षण संस्था प्रभावित भएका छन्।

आमनागरिक निषेधाज्ञा या लकडाउन भोग्न बाध्य भए । बालबालिका विद्यालय जान पाएनन् । सर्वसाधारणमा कोभिड–१९ को आतंकै चल्यो । अझै पनि कोरोनाको त्यत्तिकै भय छ । कोभिडकै कारण वैशाखदेखि सुरु हुनुपर्ने शैक्षिक सत्र असारदेखि सुरु गरियो । अहिले ओमिक्रोनका कारण फेरि पठनपाठनमा अवरोध आएको छ ।

संक्रमण तीव्र गतिमा फैलिए पनि पूर्ण लकडाउनको परिस्थिति भने देखिँदैन । रेस्टुरेन्ट, होटल, पार्टी प्यालेसलगायत सबैजसो क्षेत्र खुलेकै छन् । कोराना संक्रमणबाट मृत्युदर घटे पनि यसको जोखिम भने यथावत् नै देखिन्छ । हाम्रा १८ वर्षमुनिका बालबालिकाले पहिलो चरणको खोप पाए पनि १२ वर्षमुनिका बालबालिकाका लागि खोप बनेकै छैन । त्यसैले उनीहरू थप जोखिममा छन् । जोखिमबाट बच्न मास्क लगाउने, स्यनिटाइजर प्रयोग गरिरहने, वेलावेलामा साबुनपानीले हात धोइरहने बानीलाई निरन्तरता दिनु जरुरी छ ।

विद्यालयस्तरका ८१ लाख र विश्वविद्यालय तहका लगभग पाँच लाखभन्दा बढी विद्यार्थी पुनः एकपटक भौतिक पठनपाठनबाट वञ्चित भएका छन् । 

शैक्षिक क्षेत्रको पठनपाठन त यसै पनि सम्भव हुने स्थानहरूमा अनलाइनमार्फत नै सुरु भइसकेको छ । अब सार्वजनिक स्थानमा हुने भिडभाड कम गर्नेतर्फ राज्य तथा सर्वसाधारणको ध्यान जानु जरुरी छ ।कोरोनाबाट बच्न सावधानी अपनाउनु जरुरी छ । यसको निदान भनेको खोप नै हो । सम्पूर्ण बालबालिकालगायत सबै नागरिकसम्म खोप पुर्‍याउन सके यसको संक्रमणबाट आत्तिनुपर्ने अवस्था हट्न सक्छ ।

बालबालिकालाई घरमै मात्र बन्द राखिरहनु राम्रो हुँदैन । तर, कोरोना महामारी रहुन्जेल सजग र सचेत रहनुपर्नेमा भने दुईमत हुन सक्दैन । केटाकेटीलाई साथीभाइसँग हाँसखेल गर्नबाट सधैँ रोक्न सकिन्न । त्यसैले पनि कम्तीमा पनि १२ वर्ष उमेरमाथिका सबै बालबालिकालाई खोप उपलब्ध गराउनुपर्छ । कोभिडका कारण हाम्रा विद्यार्थीले कक्षाकोठामा गएर पढ्न पाइरहेका छैनन् । विद्यालयस्तरका ८१ लाख र विश्वविद्यालय तहका लगभग पाँच लाखभन्दा बढी विद्यार्थी पुनः एकपटक भौतिक पठनपाठनबाट वञ्चित भएका छन् । केही प्रतिशतले अनलाइनमार्फत पढ्न पाएका भए पनि ठूलो संख्या इन्टरनेटको पहुँचबाहिरै छन् । यसतर्फ राज्यको ध्यान जान सकेन भने हाम्रो शैक्षिक क्षेत्र तहसनहस हुनेमा शंका छैन ।

यतिखेर सहरबजारका बालबालिकाले घरैमा बसेर सुरक्षित तरिकाले अनलाइनमार्फत पढिरहेका होलान् । तर, सामुदायिक विद्यालयका अधिकांश विपन्न वर्गका बालबालिकाको पढाइ अस्तव्यस्त छ । यसले गर्दा केटाकेटीमा निराशा व्याप्त छ । यही स्थिति बढ्दै गए बालबालिकामा मानसिक तनाव र बेचैनी बढ्दै जानेछ ।
अहिले विश्वभर कोरोना महामारी बढिरहेको छ । यसका कारण बालबालिका मात्र होइन, युवायुवतीदेखि वृद्धवृद्धासम्म सबैमा मानसिक पीडा र चिन्ता बढिरहेका खबर सुन्नमा आइरहेका छन् ।

सहरबजारका बालबालिकाले घरैमा बसेर सुरक्षित तरिकाले अनलाइनमार्फत पढिरहेका भए पनि सामुदायिक विद्यालयका अधिकांश विपन्नवर्गका बालबालिकाको पढाइ अस्तव्यस्त छ ।

अहिले मानसिक तनावबाट उन्पन्न पीडाले डिप्रेसनमा पुगी आत्महत्या गर्नेको संख्यासमेत बढेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष १० लाख मानिसले आत्महत्या गर्छन् । नेपालमा पनि आत्महत्या गर्नेको संख्या बढिरहेको सुनिन्छ । अहिले कोभिड महामारीले बढाएको बेरोजगारी स्वास्थ्य समस्या आर्थिक अभावजस्ता जटिल समस्याले आगामी दिनमा अझै  मानिसहरूमा तनाव बढ्ने र आत्महत्या गर्नेको संख्या पनि थपिने चुनौती देखिन्छ । गरिबी, अभाव र विभेदले थिचिएकाहरू मुस्किलले बाँच्न बाध्य छन् ।

यस किसिमको संकटले आधारभूत विद्यालय तहका विद्यार्थीमा बढी असर परिरहेको छ । यसले शिक्षा क्षेत्रमा ठूलो हलचल ल्याएको छ । समाधानका लागि के गर्ने, कसरी गर्ने र सहज कसरी बनाउने भनेर गम्भीरतापूर्वक सरोकारवाला पक्षले विचार पुर्‍याउनु जरुरी छ । अझै पनि यस जटिल परिस्थितिमा अभिभावक, शिक्षक र स्थानीय सरकार सक्रिय देखिँदैनन् । संघीय सरकारले विद्यालय सञ्चालनसम्बन्धी ढाँचा २०७७ जारी गरे पनि कार्यान्वयन फितलो भएबाट प्रभावकारी बन्न सकेन । यसका केही महत्वपूर्ण सूचकमध्ये न्यूनतम भौतिक दूरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने र हात धुनेजस्ता सरल उपायको पनि राम्रोसँग पालना हुन सकिरहेको छैन ।

दैनिक पठनपाठनको सवालमा संस्थागत विद्यालयभन्दा सामुदायिक विद्यालयका बालबालिका बढी मारमा परेका छन् । अझ दुर्गम पहाड गाउँ र देहातका बालबालिकाको पढाइ अस्तव्यस्त छ । यहाँ विद्यार्थीहरू त्यसै पनि पठनपाठनमा कमजोर छन् । यिनमा भाषिक र गणितीय सीपसमेत कमजोर छ । त्यसमाथि लामो समय विद्यालयमा उपस्थित हुन नपाउनु र शिक्षकसँग प्रत्यक्ष सिक्ने अवसरबाट वञ्चित हुनुले झनै तिनलाई कमजोर बनाउने निश्चित छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
२०८३ असार २, मंगलबार
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
२०८३ असार २, मंगलबार
टीकापुरमा भूमिपूजाको रौनक
२०८३ असार २, मंगलबार
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
२०८३ असार २, मंगलबार
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान
२०८३ असार २, मंगलबार
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
२०८३ असार २, मंगलबार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
२०८३ असार २, मंगलबार