असार २, २०८३ मंगलबार June 16, 2026

फेरिएका शहिद – शुसिल राज वाग्ले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालमा पहिलो सहिद लखन थापालाई मानिन्छ । त्यसयता तत्कालीन राणा शासनको विरुद्ध नेपाल प्रजा परिषद स्थापना गरि जनताको सार्वभौमसत्ता सम्पन्नको लडाइँ लड्दै प्रजातन्त्रको लागि आवाज उठाउँदा तत्कालीन शासकले वि.स. १९९७ माघ १० गते टेकुस्थित खरी बोटमा झुन्डयाएर हत्या गरिएका शुक्रराज शास्त्री, माघ १३ गते सिफलमा झुन्डयाएर हत्या गरिएका धर्मभक्त माथेमा र माघ १५ गते शोभा भगवतीमा गोलि हानी हत्या गरिएका दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई सरकारले विसं २०१२ मा सहिद घोषणा गरि मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदहरुको सम्झनामा विसं २०१२ देखि नै विभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ । तर हालसम्म कति सहिद घोषणा गरिए भन्ने सरकारसँग यकिन तथ्यांक छैन ।

विसं २०१५ सालको प्रथम जननिर्वाचित वी पी कोइरालाको सरकारलाई राजा महेन्द्रले विसं २०१७ साल पौष १ गते अपस्त गरि सुरु गरिएको पञ्चायती व्यवस्थाको विरुद्ध पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएका आन्दोलनमा पटक पटक थुप्रै योद्धाले सहादत प्राप्त गरे पनि उनिहरूका बारेमा राज्यले त्यति महत्व दिएको देखिँदैन ।

पछिल्लो समय राजनीति दलहरुले आफ्नो स्वर्थ पूर्तिका निमित्त सामान्य सामान्य घटनामा भएको मृत्यु तथा हत्यालाई समेत शहिद घोषणा गर्ने होडबाजी नै चलेको छ ।

विसं २०४६ को प्रजातन्त्र पुनःस्थापनाको जनआन्दोलनमा सहादत प्राप्त गर्ने १९ शहीदलाई सम्मानस्वरुप सरकारले जनही एक लाख आर्थिक सहयोग गरेको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै २०६२/६३ सालको जनआन्दोलनका क्रममा मुलुकभर सहादत प्राप्त गरेका २६ जनालाई सहिद घोषणा गरिएको थियो । यसरी विभिन्न समयमा भएका सहिदहरुको सम्मानमा माघ १० देखि १६ सम्म सहिद सप्ताह मनाइन्छ । तर सहिद सप्ताह मनाइदै गर्दा सहिद शब्दको परिभाषा नै खोज्न पर्ने भएको छ । मुलुकमा भएका पटकपटकको राजनीतिक परिवर्तनसँगै व्यवस्था मात्रै होइन शहिद शब्दको परिभाषा नै फेरि दिएका छन् ।

पछिल्लो समय राजनीति दलहरुले आफ्नो स्वर्थ पूर्तिका निमित्त सामान्य सामान्य घटनामा भएको मृत्यु तथा हत्यालाई समेत शहिद घोषणा गर्ने होडबाजी नै चलेको छ । शहिद जस्तो शब्दलाई पनि नगदमा खरिद बिक्री गरिएको छ । शहिद फेरिएका हुन कि शहिदको परिभाषा मुलुक र जनताको हकअधिकारका लागि वलिदानी दिए र शहिद भएका सहिद परिवारका सदस्य नै दोधारमा पर्न थालेका छन् ।

बेलैमा शहिद घोषणालाई नसोच्ने हो भने निकट भविष्यमा नै सच्चा शहिद इतिहासको एक ठाउँमा सिमित भै शहिदहरु फेरियका हुनेछन् ।

शहिद परिवारले आफुलाई गर्वको साथ सहिद परिवार भन्ने होइन कि सहिद परिवारको सदस्य भन्न लाज मार्न पर्ने अवस्था सृजना भएको छ । सहिद शब्दको दुरुपयोग गर्दै जथाभावी शहिद घोषणा गर्नाले सच्चा शहिद परिवारहरुले के सोच्दै छन् ? यसले के कस्तो असर पुगेको छ ? सोच्नुपर्ने अवस्था सृजना भएको छ ।

बेलैमा शहिद घोषणालाई नसोच्ने हो भने निकट भविष्यमा नै सच्चा शहिद इतिहासको एक ठाउँमा सिमित भै शहिदहरु फेरियका हुनेछन् । शहिद सप्ताह तथा शहिद दिवसको अवसरमा देश र जनताको निमित्त वलिदानी दिनुहुने सम्पुर्ण सच्चा शहिदहरु प्रती भावपूर्ण श्रद्धा सुमन व्यक्त गर्दछु । लेखक नेपाली काँग्रेस (वीपी)का कार्यालय सचिव हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
२०८३ असार २, मंगलबार
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
२०८३ असार २, मंगलबार
टीकापुरमा भूमिपूजाको रौनक
२०८३ असार २, मंगलबार
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
२०८३ असार २, मंगलबार
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान
२०८३ असार २, मंगलबार
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
२०८३ असार २, मंगलबार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
२०८३ असार २, मंगलबार