काठमाण्डौंः राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश २ मा हुनसक्ने चलखेललाई रोक्न पार्टीका मतदातालाई राजपा-नेकपा गठबन्धनका उम्मेदवारलाई अनिवार्य मत हाल्न ह्वीप जारी गरेको छ ।
शनिबार पार्टी कार्यालयमा बसेको अध्यक्षमण्डलको बैठकले त्यस्तो ह्वीप जारी गरेको हो । समाजवादी पार्टीले राजपा नेपालको मत चोर्ने भनि विभिन्न सञ्चारमाध्याहरूमा क्रमिक रूपले समाचारहरु बाहिर आएपछि राजपा नेपालले त्यस्तो निर्णय गरेको हो ।
राष्ट्रिय सभा चुनावमा काँग्रेससँग चुनावी गठबन्धन गरेको समाजवादी पार्टीले प्रदेश २ का राष्ट्रिय सभाका उम्मेदारलाई जसरी पनि जिताउने प्रतिवद्धता जारी गरेपछि राजपा नेपाल तर्सिएको हो । राजपा र नेकपाबाट कसरी मत तान्ने त्यसको रणनीति बनाउन समाजवादी पार्टी लागेको छ ।
सो पार्टीले त्यसका लागि नेकपाका अध्यक्ष प्रचण्ड र राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरसँग पनि छलफल गरेको छ । समाजवादी पार्टीले आफ्ना गतिविधि तीब्र बनाएपछि राजपा नेपालले शनिवार अध्यक्षमण्डलको बैठकबाट नै ह्वीप लगाउने निर्णय गराएको छ ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले शनिवार जारी गरेको प्रेश विज्ञप्ती
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया