काठमाण्डौः नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (मार्क्सबादी) बीच एकता भएको छ । दुबै पार्टीबिच एकिकरण पश्चात नेपाल कम्युनिष्ट पार्टी पनुर्गठित भएको उनीहरूले बताएका छन् ।
पुष्पलालको क्रान्तिकारी दृष्टिकोण, बिचार, सिद्धान्त र नीतिमा दृढतापूर्वक गोलबन्द हुने क्रममा यो एकता प्रकृया अघि बढेको उनीहरूको दावी छ । यसले पुष्पलालको क्रान्तिकारी धारको रक्षा र बिकास गर्न तथा सम्बृद्ध तुल्याउन चाहने सबै क्रान्तिकारी कम्युनिष्टहरुमा थप उत्साह र ऊर्जा प्रदान गर्ने बिश्वास एकता घोषणा सभामा नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले ब्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष ऋषि कट्टेलले औचित्यहीन फुट बिभाजनका गतिबिधिबाट मुक्त भएर कम्युनिष्ट आन्दोलनलाई सार्थक दिशामा लैजान पुष्पलालको मार्गदर्शनमा अथक किसिमले अग्रसर हुनु पर्ने आवश्यकता औल्याएका थिए । सत्ताधारी संशोधनबादी कम्युनिष्ट नामधारीहरुले नेपाली जनता ठूलो भ्रममा पारेको र कम्युनिष्ट आन्दोलनलाई गुमराह गरेको उनले बताए ।
सह-संयोजक लोकनारायण सुबेदीले किसानका समस्या हल गर्ने, देशको स्वाधीनताको रक्षा, राष्ट्रियताको जगेर्ना गर्ने र बैज्ञानिक समाजबादको पृष्ठभूमि तयार गर्ने कार्य पुष्पलालले दिएको मजदुर बर्गको नेतृत्वमा किसान मजदुर एकताको आधारमा नयाँ जनवादी कार्यक्रमले मात्र गर्न सक्तछ र त्यो क्रान्ति सम्पन्न नभई बैज्ञानकि समाजबादको दिशामा एक पाइला पनि अघि बढ्न सकिदैन भन्ने अभिब्यक्त दिएका थिए ।
अर्का सह-संयोजक अम्बिका प्रसाद ठैबले अनर्थकारी टुटफूट र बिभाजनबाट शिक्षा लिएर सबै क्रान्तिकारी कम्युनिष्टहरु एकजुट हुनुको कुनै बिकल्प नभएको उल्लेख गर्दै संकीर्णताबाट मुक्त भएर एकजुट भइ अघि बढ्न आह्वान गरेकी थिइन् ।
दुवै पार्टीबिच एकता पश्चात १४ सदस्यीय नयाँ केन्द्रिय सचिवालय र ८३ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति निर्माण भएको छ । यसले आगामी चैत्र मसान्तभित्रमा राष्ट्रिय सम्मेलन गरी जल्दा बल्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्याहरुको बिश्लेषण र बिवेचनाकासाथ नीति र नेतृत्व चयन गर्ने दिशा लिएको छ । तत्काल केन्द्रिय सचिवालयको बैठक बसेर कार्य बिभाजन तथा जन बर्गीय संगठनको एकीकरणका कार्य सम्पादन गर्ने कुरा उक्त घोषणा सभामा औंल्याइएको थियो ।
नेपाल कम्युनिष्ट पार्टीका संयोजक ऋषि कट्टेलको अध्यक्षता सह-संयोजक लोकनारायण सुबेदीको सञ्चालनमा सम्पन्न एकता घोषणा सभामा सह संयोजक अम्बिका प्रसाद ठैबले एकता घोषणाका बुँदाहरु पढेर सुनाएकी थिइन् ।
साई पार्टी प्यालेस तिलगंगा, गौशालामा सम्पन्न कार्यक्रममा अखिल नेपाल ट्रेड यूनियनको तर्फबाट केन्द्रिय इञ्चार्ज कृष्णहरि भट्ट, र डा. महेन्द्र जोशी, अखिल नेपाल किसान यूनियनको तर्फबाट अध्यक्ष लोकनारायण सुबेदी, अखिल नेपाल महिला यूनियनको तर्फबाट संयोजक सीता सुबेदी, अखिल नेपाल बिद्यार्थी यूनियनको तर्फबाट बिद्यार्थी नेता मनिस भटराई, एकता सहजीकरण अभियन्ता एकलाल श्रेष्ठहरुले पनि शुभकामना दिदै पुष्पलालको बिचारले मात्रै नेपाली कम्युनिष्ट आन्दोलनलाइ सही दिशा र गति दिन नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (मार्क्सबादी) बीच एकता भएर आज नेपाल कम्युनिष्ट पार्टी पनुर्गठित भएको बताएका थिए ।
पुष्पलालको क्रान्तिकारी दृष्टिकोण, बिचार, सिद्धान्त र नीतिमा दृढतापूर्वक गोलबन्द हुने क्रममा यो एकता प्रकृया अघि बढेको हो । यसले पुष्पलालको क्रान्तिकारी धारको रक्षा र बिकास गर्न तथा सम्बृद्ध तुल्याउन चाहने सबै क्रान्तिकारी कम्युनिष्टहरुमा थप उत्साह र ऊर्जा प्रदान गर्ने बिश्वास एकता घोषणा सभामा नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले ब्यक्त गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया