बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

सभामुख छान्न ओली र प्रचण्ड छलफलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सभामुख उम्मेदवारमा सहमति कायम गर्न सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पुनः छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीसँग परामर्श गर्न प्रचण्ड आइतबार बिहानै बालुवाटार पुगेका हुन् ।

नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेका कारण प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुरु भएको एक महिना पुग्दा पनि संसदको नियमित कारवाही अघि बढ्न सकेको छैन । यसबीचमा पटक–पटक सूचना टाँसेर बैठक स्थगित हुँदै आएको छ ।

उपसभामुख डा।शिवमाया तुम्बाहाङफेले नेकपाले सभामुखको उम्मेदवार तय गरेपछि आफूले राजीनामा दिने बताएकी छन् । उनी आफैं सभामुखको दाबेदार हुन् र आफूलाई उम्मेदवार नबनाए राजीनामा नदिनेसम्मको चेतावनी उनले दिँदै आएकी छन् ।

नेकपाका दुवै अध्यक्षले सभामुखमा आ–आफ्ना पूर्वसमूहका नेताको नाम अघि सारेका छन् । प्रधानमन्त्रीले सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने प्रचण्डले अग्नि सापकोटा लगायतका नेताको नाम अघि सारेका छन् ।

नेकपाको केन्द्रीय सचिवालयका ९ जना नेतामध्ये प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सभामुख उम्मेवार प्रचण्डले प्रस्ताव गर्न पाउनुपर्ने पक्षमा रहेको प्रचण्डनिकट स्रोतले जनाएको छ । दुवै नेताबीच सहमतिमै नाम तय गरेर सचिवालयमा ल्याउन अन्य नेताले सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्दैछ । बैठकअघि नै नेकपाले सभामुखको उम्मेदवार तय गर्ने नेताहरुले बताएका छन् । दुवै अध्यक्षबीच सभामुख उम्मेदवार सहमतिमै तय हुने महासचिव बिष्णु पौडेलले बताएका छन ।

वामदेवले भने– प्रचण्डले प्रस्ताव गरुन्
यसैबीच नेकपाका प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले सभामुख उम्मेदवार प्रचण्डलाई प्रस्ताव गर्न दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । उनले सचिवालयमा आफ्नो मत व्यक्त गर्नुपर्दा आफूले प्रचण्डलाई साथ दिने समेत बताएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै गौतमले भने, ‘सभामुखमा प्रचण्डले नै सुवास नेम्वाङको नाम प्रस्ताव गर्नुभए उहाँ पार्टीको साझा अध्यक्ष भएको अनुभूति सबैले गर्ने थिए । किनकि एकीकृत पार्टीको कार्यकारी अध्यक्षले हिजोको समूहको भाग खोज्नु राम्रो होइन । तर, उहाँलाई पार्टी एकता भइसकेको छैन भन्ने लागेको हो भने विगतको शक्ति सन्तुलन अनुसार सभामुख उहाँले नै प्रस्ताव गर्न पाउनुपर्छ ।’

भैंसेपाटीमा गत साता गौतमनिवासमै बसेको ५ जना नेताको बैठकमा पनि प्रचण्डले सभामुख आफूले प्रस्ताव गर्ने अडान राखेको गौतमले बताएका छन । गौतमले भने भैंसेपार्टी बैठकमा भावनात्मक एकता र आफू सिंगो पार्टीको अध्यक्ष भएको सन्देश दिन नेम्वाङलाई सभामुख प्रस्ताव गर्न प्रचण्डलाई आग्रह गरेका थिए । सो बैठकमा सभामुख पूर्वमाओवादीलाई नै दिनुपर्ने भनेर कुनै निर्णय नभएको समेत गौतमले प्रष्ट पारेका छन् ।

भैंसेपाटीबाट आफूलाई घेराबन्दी गरेर दबाव दिन खोजिएको बुझेपछि प्रधानमन्त्री ओलीले सभामुख उम्मेदवार पनि सोही बैठकका नेताहरुलाई चयन गर्न चुनौति दिएका थिए ।

भैंसेपाटी भेलापछि उपसभामुख तुम्बाहाङफेले आफू राजीनामा नदिने भन्दै महाअभियोग लगाएर हटाउन चुनौति दिएकी थिइन् ।

कार्यकारी भूमिका पाएका अध्यक्ष प्रचण्डले अन्यत्रै भेला गरेर दबाव दिन थालेपछि प्रधानमन्त्री असन्तुष्ट बनेको उनी निकट नेताहरुले बताएका छन् । उता, पूर्वमाओवादीका नेताहरु चाहिँ सचिवालयका नेता एक ठाउँमा जमघट हुनै नपाइने नियम कतै नभएको तर्क गर्छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार