असार २४, २०८२ मंगलबार July 8, 2025

एमसीसी देशको हितमा छ, संसदले पास गर्छ : मन्त्री गुरुङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

डोटी । संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अहिले चर्चामा रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताएका छन् । छाउपडी प्रथाको अवस्थाबारे बुझ्न सुदूरपश्चिमको भ्रमणमा रहेका मन्त्री गुरुङले एमसीसीमा अनावश्यक विवाद भइरहेको बताएका छन ।
आइतबार डोटी जिल्ला सदरमुकाममा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै मन्त्री गुरुङले एमसीसीबारे बहस हुनु राम्रो भए पनि अहिले देखिएको कतिपय विवाद अनुचित भएको दाबी गरेका छन ।

‘विषयले संसदमा प्रवेश पाएपछि बहस, छलफल हुन्छ,’, मन्त्री गुरुङले भने, ‘यो प्रस्ताव संसदले सहजै अनुमोदन गर्छ ।’

नेकपाभित्रैबाट एमसीसीको विरोध भइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले भने स्वार्थका कारण कतिपयले विरोध गरेको आरोप लगाएका छन । उनले भने– एमसीसी नेपालको हितमा छ । तैपनि के स्वार्थका कारण उहाँहरू विरोध गरिरहनु भएको छ, गर्नेलाई नै सोध्नुस् ।’

फरक प्रसंगमा उनले छिट्टै डोटीको बालसुधार गृहको स्तरोन्नति गरिने बताएका छन ।

टोलीमा रहेका डोटीबाट प्रतिनिधिसभा सदस्य प्रेमवहादुर आले मगरले पनि बाल सुधार गृह निर्माणका लागि तत्काल पहल गरिने प्रतिबद्धता जनाएका छन । २५ जना क्षमताको डोटीको बालगृहमा हाल ४७ जना राखिएको छ ।

छाउपडी प्रथाको अनुगमनमा निस्केको मन्त्रीको टोली आइतबार नै अछाम प्रस्थान गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार