असार २४, २०८२ मंगलबार July 8, 2025

नेकपा, राजपा र संघीय समाजवादी पार्टीबीच दुईबुँदे सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र नेपाल संघीय समाजवादी पार्टीबीच दुईबुँदे सहमति भएको छ ।

आसन्न राष्ट्रियसभा निर्वाचनलाई लिएर तीन दलबीच आइतबार दुईबुँदे सहमति भएको हो । सहमतिअनुसार नेपाल संघीय समाजवादी पार्टीले राष्ट्रियसभा निर्वाचनमा नेकपा-राजपा गठबन्धनका उम्मेदरवारहरुलाई समर्थन गर्नेछ ।

नेकपा र राजपाले यसअघि नै चुनावी तालमेल गरेर प्रदेश २ का चार सिटमा २-२ उम्मेदवार उठाएका छन् । नेकपाले महिलातर्फ तुलसाकुमारी दाहाल र दलिततर्फ राधेश्याम पासवान तथा राजपाले अन्यतर्फ मृगेन्द्रकुमार सिंह यादव र अल्पसंख्यकतर्फ शेखरकुमार सिंहलाई उम्मेदवार बनाएको छ ।

तीन दलबीच आगामी दिनमा राजनीतिक सहकार्य जारी राख्ने सहमति पनि भएको छ ।

प्रदेश २ को प्रदेशसभामा रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका एक प्रदेशसभा सदस्य छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार