मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

सन्तोष साहुखल बिनाको च्यासल पुलिसविरुद्ध खेल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः १९ खेलाडीमा कोरोना संक्रमण भएसँगै निर्धारित समयमा हुन नसकेको नेपाल पुलिस र च्यासल युथ क्लबबीचको खेल भोलि (बुधबार) हुँदैछ । २ माघमा तय खेल अघि १९ खेलाडीमा कोरोना देखिएपछि अखिल नेपाल फुटबल  संघ (एन्फा)ले पहिलो पटक कोरोनाको कारण सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल स्थगित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसाे १ बजे सुरु हुनेछ । यसअघि एन्फाले यस खेलका लागि २२ माघका लागि तोकेको हो । तर लगातार वर्षाका कारण मैदानको अवस्था ठिक नभएपछि एन्फाले दोस्रोपटकका लागि मिति तय गरेको थियो ।

पुलिसविरुद्ध खेल्दै गर्दा कप्तान सन्तोष साहुखल भने उपलब्ध हुने छैनन् । उनी दुई खेल खेलेर पुनः जापान फर्किएका छन् । नेपाल राष्ट्रिय फुटबल टोलीका खेलाडीसमेत रहेका सन्तोषले पछिल्लो दुई खेलमा मैदान उत्रिएका थिए । सन्तोषले संकटा र मनाङविरुद्ध पूरा समय मैदान बिताएका थिए ।

च्यासलका प्रशिक्षक बालगोपाल महर्जनले साहुखल पछिल्लो १० दिनमात्रै तयारी गरेको र नेपाल पुलिसविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा ल्याउन प्रयास गर्ने बताउँछन् ।  ‘सन्तोष हामीसँग छैन । समय धेरै भए पनि हामीले पछिल्लो १० दिनमात्रै तयारी गरेका छौं । कोरोनाका कारण धेरै तयारी गर्न पाएनौं । पछिल्ला खेलमा मनाङ र संकटासँग पनि राम्रो खेलका थियौं । पुलिसविरुद्ध पनि जित्न खेल्छौं,’ उनले भने ।

पुलिस र च्यासलको यस खेलसँगै नवौं चरणको खेल सकिनेछ ।  एन्फाले लिगको १०औं चरणको खेल २८ माघबाट हुने जनाएको छ । यद्यपि, १०औं चरणका खेलहरूको तालिका भने सार्वजनिक गरिएको छैन । यसअघि नेपालले मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएसँगै लिगका बाँकी खेलहरू रोकिएका थिए ।

नवौं चरणको खेल जारी रहँदा मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ । जारी लिगको पुछारमा रहने दुई टोली दोस्रो डिभिजनमा घटुवा हुनेछन् ।

यता, नेपाल पुलिससमेत च्यासविरुद्ध जित निकाल्ने दाउमा हुनेछ । दुई राष्ट्रियसहित अनुभवी खेलाडीको साथ रहेको पुलिस च्यासलविरुद्ध जित निकाल्दै रेलिगेसन संकट टार्न चाहन्छ ।

नेपाल पुलिसका प्रशिक्षक अनन्तराज थापा टोली च्यासलविरुद्ध खेल्न तयार भएको र खेलाडीसमेत पूर्णरूपमा फिट रहेको बताउँछन् । ‘च्यासलविरुद्ध खेल्न हाम्रो टिम तयार छ । हामी तीन अंकका लागि खेल्छौं । च्यासलको खेलअनुसार रणनीति बनाएर अगाडि बढ्छौं,’ अनन्त भन्छन् ।

जारी लिगमा पुलिस र च्यासल दुबै रेलिगेशनबाट जोगिन संघर्षरत छन् । च्यासल ८ खेलबाट ५ अंकसहित १३औं स्थानमा छ । यता, पुलिस समान खेलबाट ७ अंक सहित ११औं स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल
२०८३ मंग्सिर ५, शनिबार
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार