असार २४, २०८२ मंगलबार July 8, 2025

नेपालको राजनीतिक क्षेत्रमा समेत अमेरिकी साम्राज्यवादको राजनीतिक प्रभाव बढ्योः नेकपा (मसाल)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले एमसीसी इन्डोप्यासिफिक रणनीतिको अंग होइन भनेर हालै अमेरिकी दूतावासले दिएको वक्तव्य भ्रमपुर्ण रहेको बताएको छ ।

नेपालमा एमसीसीको ब्यापक विरोध भएपछि जनताको ध्यान इण्डोप्यासिफिक रणनीतिबाट हटाउन भ्रमपुर्ण वक्तव्य दिएको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।

आइतबार प्रवक्ता रामप्रकाश पुरीद्वारा हस्ताक्षरित प्रेश वक्तव्यमा अमेरिकाले आफ्नो साम्राज्यवादी स्वार्थ पूरा गर्न सैन्य तथा आर्थिक सहयोग परिचालन गर्ने गरेको बताउँदै आर्थिक सहयोग आफैमा उसको सैन्य रणनीतिको अंग भएको स्पष्ट पारेको छ ।

नेपालको राजनीतिक क्षेत्रमा समेत अमेरिकी साम्राज्यवादको राजनीतिक प्रभाव बढ्दै गइरहेको छ भन्दै नेकपा मसालले भौतिक पूर्वाधार विकासको नाममा आर्थिक सहयोग एमसीसीको आवरणमा अगाडि बढाउने प्रयत्न सरकारले गरिरहेको प्रति पार्टीले विरोध गर्दछ भनिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार