काठमाडौंः सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनको मिति घोषणा विरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ ।
अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले आज दरपिठको निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको हो । आदेशमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकालका विषय
मा संविधान र कानुनले गरेको व्यवस्थाको व्याख्या हुनुपर्ने भएकाले निवेदन दर्ता गर्नू भनिएको छ ।
महोत्तरी भंगाहा नगरपालिकाका मेयर सञ्जीव कुमार साहले वैशाख ३० गते निर्वाचन गर्दा पाँच वर्षे कार्यकाल पूरा नहुने भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया