कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

एमसीसी विकास परियोजना भएकाले सबै दलले पास गर्नुपर्छ : बिमलेन्द्र निधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले देशको आर्थिक विकासका लागि महत्त्वपूर्ण सहयोगको रुपमा एमसीसी भएकाले सबै दल मिलेर पारित गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

काँग्रेसका नेता निधिले स्थानीय चुनाव लक्षित प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंं. ३ को कार्यकर्ता भेलाको आज जनकपुरधाममा सम्बोधन गर्दै विगतमा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, अहिलेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल नेकपा एमालेमा रहेका बेलामा एमसीसी पास गर्नुपर्ने पक्षमा रहेकाले जसरी पनि एमसीसी पास गर्नुपर्ने बताउनुभयो ।

उहाँले मुलुकको आर्थिक विकासका लागि ठूलो रकम भएकाले यसलाई अनावश्यक रुपमा राजनीतिकरण गर्ने काम भइरहेको बताउँदै एमसीसीलाई पास गर्दा मुलुकको कुनै प्रकारको अहित नगर्ने बरु विकासमा ठूलो मद्दत पुग्ने भएकाले सबै दलहरूले संसद्बाट पास गर्नुपर्ने धारणा राख्नुभयो ।

काँग्रेसका नेता निधिले न्याय क्षेत्रमा भएका विकृति एवं विसङ्गतिको अन्त्य गर्नका लागि नै प्रधान न्यायाधीशमाथि महाअभियोग लगाउने काम भएकाले यसमा प्रमुख प्रतिपक्षी दलको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।

उहाँले दुई तिहाइबाट पास गर्नुपर्ने भएकाले प्रमुख प्रतिपक्षी दलको साथ र सहयोग बिना सम्भव नभएको बताउँदै न्याय क्षेत्रको शुद्धीकरणका लागि महाअभियोगको प्रस्ताव पारित हुनुपर्ने धारणा राख्नुभयो ।

नेता निधिले वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा नेपाली काँग्रेसका उम्मेदवारहरूलाई वडादेखि पालिकासम्म विजयी गराउनका लागि कार्यकर्ताहरूलाई सक्रियता पूर्वक लाग्नका लागि आग्रह गर्नुभयो ।

मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवं संसदीय दलका नेता रामसरोज यादवले नेपाली काँग्रेसलाई अगामी चुनावमा मधेस प्रदेशमा एक सबैभन्दा ठूलो पार्टी हुने दाबी गर्नुभयो ।

नेपाली काँग्रेस क्षेत्र नंं ३ का क्षेत्रीय सभापति धिरेन्द्रकुमार निधिको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यकर्ताहरूका बीचमा अन्तरक्रिया पनि भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार