मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

आजबाट भक्तपुर कप फुटबल प्रतियोगिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः युवा टिम भक्तपुरको आयोजनामा शुक्रबारदेखि भक्तपुर कप फुटबल प्रतियोगिता सुरु हुँंदैछ । प्रतियोगिताको उदघाटन दिउँंसो १ बजे हुनेछ । पहिलो खेल भने दिउँंसो २ बजे गर्ने आयोजकले जनाएको छ ।

उदघाटन खेल आयोजक युवा टिम भक्तपुर र नमस्ते बनेपा फुटबल क्लब बनेपाबीच हुने छ । प्रतियोगिता स्थानीय महेश्वरी खेल मैदानमा हुनेछ । आयोजक युवा टिमका अध्यक्ष केशव त्वानाबासुुले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए ।

प्रतियोगितामा पहिलो र दोस्रो हुने टिमलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । पहिलो हुने टिमलाई नगद एक लाख १५ हजार र दोस्रो हुने टिमलाई नगद ५५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था छ ।

साथै, प्रतियोगितामा उत्कृष्ट खेलाडी, अग्रखेलाडी, मिडफिल्डर, डिफेन्डर, गोलकिपर, कोचलाई पनि अवार्ड दिने योजना छ ।

प्रतियोगितामा काठमाडौ, भक्तपुर, लतिलपुर, काभ्रेलगायतबाट १६ वटा टिमले सहभागिता जनाएका छन् । शनिबार तीनवटा खेल हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल
२०८३ मंग्सिर ५, शनिबार
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार