मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

सुजलको गोलमा लिग च्याम्पियन मछिन्द्रको जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई कप्तान सुजल श्रेष्ठले सदुपयोग गरेपछि सहिद स्मारक ‘ए’ डिभिजन लिगको १२औं चरणअन्तर्गत शनिबार लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले थ्री स्टार क्लबले १–० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सुजलको उक्त पेनाल्टी गोल नै मछिन्द्रको जितमा निर्णायक बन्यो ।

थ्री स्टारका जिवन गुरुङले अभिषेक गुरुङलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि मछिन्द्रले इन्जुरी समयमा पेनाल्टी पाएको थियो । जसमा सुजलले कुनै गल्ती गरेनन् ।

त्यसअघि सुरुआती १० मिनेटसम्म दुबै टोलीले गोलका गतिला अवसर बनाउन सकेनन् । थ्री स्टारका रफाइल रिमले १७औं मिनेटमा प्रहार गरेको फ्रिकिक पोस्टको दिशा लिन सकेन ।

खेलको १९औं मिनेटमा थ्री स्टारका आयुश घलानले दिएको पासमा हेमन्त थापामगरले गरेको प्रहार विशाल श्रेष्ठले पन्च गरिदिए ।

मछिन्द्रका २२औं मिनेटमा उत्सब राईको कर्नरमा सोनम भुटियाले गरेको लोअर हेडरलाई थ्री स्टारका गोलकिपर प्रिसोले बाहिर फ्याकिदिए ।

मछिन्द्रका अभिषेक रिजालले २४औं मिनेटमा अग्रताको सुन्दर मौका खेर फाले । मछिन्द्रका डिफेन्डर रजिन धिमालको लामो प्रहारमा थ्री स्टारका निशान खड्का हेडमार्फत गोलकिपरलाई दिएको ब्याक पास दिन्छन् । तर, त्यसलाई भेट्टाउदै अभिषेकले प्रहार गरे पनि निशानले नै गोललाइनबाट क्लियर गर्दै थ्री स्टारको संकट टारेका थिए ।

इन्जुरी समयमा अभिषेक राईले गोलको अर्को सुन्दर मौका खेर फाले । बुद्ध राईलाई उपलब्ध गराएको पासमा अभिषेकले थ्री स्टार गोलकिपरलाई वान भर्सेस वानको अवस्थामा बिट गर्न सकेनन् । त्यसअघि बुद्धलाई डिफेन्सबाट उत्सब राईले लामो पास दिएका थिए ।

थ्री स्टारका हेमन्त थापामगरले ४८औं मिनेटमा १८ बक्स बाहिरबाट गरेको फ्रिकिक प्रहार पोस्टको केही इन्चमाथिबाट बाहिरियो ।

थ्री स्टारका घनिफो रोमाहले ५१औं मिनेटमा १८ यार्ड बक्सबाट गरेको प्रहार सेकेन्ड बारको नजिकैबाट बाहिरियो । ७४औं मिनेटमा आयुश घलानले क्रसलाई रितिक खड्काले फाइनल टच दिन सकेनन् ।

८८औं मिनेटमा थ्री स्टारका सञ्जोक राईले मध्य मैदानबाट उपलब्ध गराएको पासमा गोलकिपरसँग वान भर्सेस वान रहँदा विजय भुजेलले बललाई पोस्टका दिशा दिन सकेनन् ।

तालिकामा १२ खेलबाट ३२ अंक जोडेर शीर्ष स्थानमा रहेको मछिन्द्रले अपराजित रहँदै लिगको उपाधि जितिसकेको छ । यस्तै, समान खेलबाट १८ अंक जोडेको थ्री स्टार तालिकाको चौथो स्थानमा यथावत् छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल
२०८३ मंग्सिर ५, शनिबार
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार