मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावकले जिते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजना गरिएको १६औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन खुला दौड प्रतियोगितामा केन्याका धावक स्टेफल कोसगाइ  प्रथम भएका छन्।

पोखरा रङ्गशालाबाट सुरु भएको ४२.१९५ किलोमिटरको दूरी दुई घण्टा १९ मिनेट ४३ सेकेण्डमा पूरा गरी स्टेफल कोसगाइ प्रथम हुन सफल भएका हुन्। उनले नगद ४ लाख रुपैयाँसहित मेडल प्राप्त गरेका छन्। प्रतियोगिताको दोस्रो स्थान पनि केन्याकै धावक सिमिओन किप्लागोट टुले हात पार्न सफल भएका छन्। उनले उक्त दूरी दुई घण्टा २१ मिनेट तीन सेकेण्डमा पार गर्दै नगद रु दुई लाखसहित मेडल प्राप्त गरे।

त्यसैगरी नेपाल आर्मीका मोहनदेव जोशीले दुई घण्टा ३३ मिनेट २४ सेकेण्डमा सो दूरी पूरा गर्दै प्रतियोगिताको तेस्रो स्थान हासिल गर्दै नगद रु एक लाख प्राप्त गरेका छन् भने सशस्त्र प्रहरी बल (एपीएफ)का सन्तोष विक्रम विष्ट २ घण्टा ३४ मिनेट ४८ सेकेन्डमा उक्त दूरी पार गर्दै रु ३० हजार नगदसहितको सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए।

प्रतियोगिताअन्तर्गतको हाफ म्याराथन महिलातर्फ नेपाल प्रहरीकी राजपुरा प्रसाईं प्रथम हुन सफल भएकी छन्। २१ किलोमिटर दूरीको उक्त दौड एक घण्टा २१ मिनेट २६ सेकेन्डमा पूरा गर्दै प्रसाईं १ लाख नगद पुरस्कार जित्न सफल भएकी हुन्।

प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ)का वृद्धा श्रेष्ठले एक घण्टा २७ मिनेट ४१ सेकेन्डमा उक्त दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गरिन्। श्रेष्ठले ७५ हजार नगर पुरस्कार प्राप्त गरेकी छिन्। म्याराथनमा जुम्लाकी राममाया बुढा तेस्रो भइन्। उनले उक्त दूरी एक घण्टा ३० मिनेट ४८ सेकेन्डमा पार गर्दै नगद ५० हजार प्राप्त गरिन्। एक घण्टा ३२ मिनेट ५८ सेकेन्डमा सो दूरी पूरा गर्दै युकेकी हन्नाच कारासले रु १५ हजार नगदसहित सान्त्वना पुरस्कार प्राप्त गरिन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रतियोगिताका विजयी खेलाडीलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गर्दै खेलकूदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताका प्रमुख संरक्षकसमेत रहेका मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशलाई खेलकूदको केन्द्रका रुपमा विकास गर्न सबैको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिए।

मञ्चका महासचिव कृष्ण तिमिल्सनाका अनुसार पोखरा रङ्गशालाबाट सुरु भएको दौड पृथ्वीचोक, मुस्ताङचोक, विरौटा र छोरेपाटनबाट फर्केर पुन विरौटा हुँदै राष्ट्रबैंक चोक, फेवाताको किनारा लेकसाइड, डिहीको पाटन, सभागृहचोक, नयाँसडक, हरिचोक, केआइसिंह पुल, नारायणस्थान, फूलबारी, पुरानोधारा, चाउथे, बलभद्र मावि, रामबजार हुँदै रङ्गशालामा आएर समापन भएको हो।

प्रतियोगितामा नेपालका विभिन्न १७ जिल्ला, विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबलसहित १४८ जना र मित्रराष्ट्र भारत, केन्या, फ्रान्स, ओमन, आएरल्याण्ड, अमेरिकाका १४ जना विदेशीसहित कूल १६२ जना धावकको सहभागिता थियो। हाफ महिला म्याराथन दौड प्रतियोगितामा ३९ जना धावकको सहभागिता रहेको थियो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल
२०८३ मंग्सिर ५, शनिबार
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार