कार्तिक १६, २०८३ सोमबार November 2, 2026

अप्रेसन गरेर बच्चा जन्माउने महिलाले ध्यान दिनैपर्ने ५ कुरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः बच्चा जन्माउँदा गरिने ‘सीजरियन सेक्सन डेलिभरी’ (अप्रेशन गरी बच्चा जन्माउने) लाई लिएर विभिन्न्न भ्रम सुन्न पाइन्छ। प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा शितल अग्रवालका अनुसार सीजरियन सेक्सनको भ्रम र वास्तविकता यस्ता छन्ः

१‍) पहिलो बच्चा जन्माउँदा अप्रेशन गरिएको छ भने दोस्रो बच्चा जन्माउनका लागि तीन वर्षको अन्तर राख्नु राम्रो हुन्छ। तीन वर्ष भन्दा कम अन्तरमा बच्चा जन्माउँदा फेरि अप्रेशन गर्नुपर्ने अवस्था आयो भने त्यसले खतरा बढाउँछ।

२) अप्रेशन गरी बच्चा जन्माएका महिला पहिलो ४० दिन भित्र कुनै शारीरिक गतिविधि नगर्न वा ६ महिनासम्म जिम जान नहुने साझा मान्यता छ। तर यो केबल मिथ्या मात्र हो।

सामान्य शारीरिक गतिविधि गर्दा त्यसले शरिरलाई सशक्त बनाउँछ। सामान्य हिडडुल गर्न सकिन्छ तर पहिलो ४० दिन भित्र धेरे गहौं सामाग्री उचाल्नु हुँदैन।

३) अप्रेशन पछि केही आमाहरुमा तत्काल स्तनपान गराउनु हुँदैन भन्ने मान्यता छ। अप्रेशन लगत्तै वा सोही दिनदेखि स्तनपान गराउँदा कुनै असर पर्दैन।

४) अप्रेशन गरेको भोलिपल्ट अर्ध तरल पौष्टिक भोजन ग्रहण आग्रह गरिन्छ। चिल्लोयुक्त तरल पर्दाथ खानु हुँदैन। तेस्रो दिनदेखि आइरन र फाइबरयुक्त तरल खानेकुरा खान सकिन्छ।

ताजा फलफुल, सागसब्जी, खानुपर्छ। डिहाइड्रेसनबाट बच्न पानी वा तरल पदार्थ प्रशस्त खानुपर्छ। सन्तुलित पोषण खानुपर्छ जसले अनावश्यक रुपमा तौल बढ्न दिदैन्।

५) डेलिभरीपछि आफ्नो र शिशु दुबैको स्वास्थ्यमा ख्याल गर्नुपर्छ। आफूलाई चिसो र एलर्जीबाट बचाउनु पर्छ। हाच्छिँउ आउँदा शल्यक्रिया गरेको स्थानमा असर पर्नसक्छ।

अप्रेशन गरेको केही दिन एकदमै सिधा वा तन्किएर उभिनु हुँदैन। कोल्टे फेर्नु पर्दा पनि परिवारका सदस्यको सहयोग लिनुपर्छ। धेरै आराम र प्रर्याप्त मात्रामा सुत्ने गर्नुपर्छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सुनकोशी-मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन
२०८३ कार्तिक १६, सोमबार
त्रिवि पुनरावेदन आयोगको अध्यक्षमा डा. बुर्लाकोटी नियुक्त
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रियसभा अध्यक्ष र स्वीस नेसनल काउन्सिलका अध्यक्षबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
Minister Dr Timilsina holds extensive discussion on Integrated Postal Office issues
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट
२०८३ कार्तिक १६, सोमबार