काठमाण्डौः राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रिता माझीले पार्टीको निर्णयमै राष्ट्रियसभा चुनावमा एमालेलाई मत दिएको भन्दै भ्रममा नपर्न आग्रह गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत राष्ट्रिय सभाका निम्ति बागमती प्रदेशको मतदान प्रक्रियामा पार्टी नेतृत्वले दिएको आदेशमै सहभागी भएको उनले बताइन् ।
पैसाको लोभमा पार्टीनिर्देशन विपरित राष्ट्रिय सभा चुनावमा एमालेलाई साथ दिएको भन्ने आरोपवारे उनले स्पष्ट पारेकी हुन् । उनले पार्टी नेतृत्वबाट आएको निर्देशनमा चार जना सांसदले मतदान गरेको दाबी गरिन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया