असार २५, २०८२ बुधबार July 9, 2025

सभामुख निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनका लागि आज (मंगलबार) चुनावी प्रक्रिया प्रारम्भ गरिँदै छ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौनकाण्डमा परेपछि रिक्त सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो।

संसद् सचिवालयका अनुसार अहिले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने समयावधि तोकिएको छ।

आज मनोनयन दर्ता गरिएपछि आजै दिउँसो साढे २ बजे उम्मेदवारको नामावली सार्वजनिक गरिने संसद् सचिवालयले जानकारी दिएको छ।

त्यसपछि सभामुख चयनका लागि यही माघ १२ गते प्रतिनिधिसभामा चुनाव गर्ने कार्यतालिका छ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई संसद् सचिवालयकै एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि गत असोज १४ गते उनले पदबाट राजीनामा दिएका थिए। त्यस दिनदेखि सभामुख पद रिक्त छ।

यसैकारण अर्काे सभामुख चयनका लागि चुनावी प्रक्रिया अघि बढाइएकाे हाे।

नेकपाले सभामुखमा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाएको छ।

प्रमुख प्रतिपक्षी कांग्रेसले पनि आफ्ना तर्फबाट उम्मेदवार चयनका लागि छलफल गर्दै छ।

त्यसका लागि उसकाे संसदीय दल कार्यसमिति बैठक बस्दैछ ।

बैठकले सभामुख र उपसभामुखमध्ये एक पद कांग्रेसलाई दिन नेकपा तयार भए मिलेर जाने नभए विपक्षीको गठबन्धन बनाएर अगाडि बढ्ने सम्बन्धमा निर्णय गर्ने  कांग्रेस नेताहरुले बताएका छन्।

सभामुख निर्वाचन कार्यतालिका
माघ ७ गते (आज) :  प्रतिनिधिसभाको कुनै माननीय सदस्यले प्रतिनिधिसभाको कुनै माननीय सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने।
समय : बिहान ११ बजेदेखि २ बजेसम्म
स्थान : संघीय संसद भवन
निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचना दर्ता क्रम अनुसार सूची प्रकाशन गर्ने
समय : दिउँसो २:३०
स्थान : सूचना पाटी संघीय संसद भवन

माघ १२ गते : प्रतिनिधि सभा नियमावली,२०७५ को नियम ७ बमोजिम प्रतिनिधि सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावक सदस्यले प्रस्ताव गर्ने, समर्थक सदस्यले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार उम्मेदवारीको प्रस्तावहरूलाई क्रमश: निर्णयार्थ प्रस्तुत गर्ने

समय : दिउँसो ३ बजे
स्थान : प्रतिनिधि सभा कक्ष, संघीय संसद भवन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार