असार २४, २०८२ मंगलबार July 8, 2025

निर्वाचन आचारसंहिता पालना गर्न अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचनसम्बन्धी आचार संहिता पूर्ण रुपमा पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा तीनै तहका सरकारसँग अपिल गरेको छ ।

आयोगले निर्वाचनको मौन अवधि सुरु भइसकेकाले सो अवधिमा आचार संहिता विपरीतका काम कारबाही नगर्न तथा त्यस्ता क्रियाकलापका लागि उक्साहट नगर्न सबैसँग अपिल गरेको हो ।

मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दे प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौनअवधि सुरु भइसकेकाले यस अवधिमा कुनैपनि सञ्चार माध्यमबाट निर्वाचन प्रचार प्रसार नगर्न नगराउन आग्रह गरेका छन ।

पछिल्लो समय सामाजिक सञ्जाल प्रयोग गरी निर्वाचन प्रचार प्रसार गर्ने काम हुने गरेको तर्फ संकेत गर्दै उनले वेभसाइट, ट्वीटर, फेसबुक, भाइवर वा एसएमएस लगायत कुनैपनि विद्युतीय माध्यमको प्रयोग गरी मत माग्ने काम नगर्न पनि आग्रह गरेका छन । निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी छलफल, गोष्ठी, सेमिनार, अन्तरक्रिया, मतदाता शिक्षा, पत्रकार भेटघाट लगायतका कार्य समेत नगर्न उनले सचेत गराएका छन ।

आयोगले मौन अवधिमा आचार संहिताको पालना भएनभएको अनुगमन तथा सुपरिवेक्षण गर्न सबै जिल्ला निर्वाचन कार्यालय र सात वटै प्रदेशका उच्च अदालत रहेका जिल्लामा मतदान सम्पन्न गर्न स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयले गर्ने व्यवस्था मिलाएको छ ।

माघ ९ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार