असोज १४, २०८३ बुधबार September 30, 2026

युक्रेनमा दूरसञ्चार सेवा अवरूद्ध, बैंक र सरकारी वेबसाइटमाथि लगातार आक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः रुसले युक्रेनमाथि आक्रमण जारी राख्दा युक्रेनका धेरै ठाउँमा दूरसञ्चार सेवा अवरुद्ध भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनका दूरसञ्चार एवं इन्टरनेट सेवाप्रदायकले विभिन्न ठाउँमा समस्या भोगिरहेका छन् ।

इन्टरनेट सेवा प्रदायक ट्रिओलानले राजधानी सहर किभका केही भागसहित धेरै क्षेत्रमा समस्या भोगेको छ ।

‘कम्पनीका कर्मचारीहरूले यो कठिन समयमा नेटवर्कको सामान्य कार्यलाई कायम राख्न सक्दो प्रयास गरिरहेका छन्,’ कम्पनीले टेलिग्राम पोस्टमा भनेको छ ।

जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीद्वारा सञ्चालित इन्टरनेट आउटेज मनिटरिङ ड्यासबोर्डले पनि युक्रेनका धेरै भागमा आंशिक आउटेज देखाएको छ ।

त्यस्तै इन्टरनेट विश्लेषकहरुले पनि युक्रेनको इन्टरनेट गम्भीर अवस्थामा पुगेको चेतावनी दिइरहेका छन् । यता भ्वाइस कलमा अवरोध हुँदा मानिसहरूले टेक्स्ट म्यासेज प्रयोग गर्नपर्ने अवस्था छ ।

युक्रेनी सरकारले बिहीबारमात्रै दूरसञ्चार अपरेटरहरूले आफ्नो नेटवर्कमा भारी कम्युनिकेसन लोडसँग संघर्ष गरिरहेको बताएको थियो ।

युक्रेनी साइबर सुरक्षा अधिकारीका अनुसार गत हप्तादेखि नै युक्रेनका सरकारी वेबसाइट, बैंक र डिजिटल सेवालाई निशाना बनाउँदै साइबर आक्रमण (डिनायल-अफ-सर्भिस अट्याक) भइरहेको छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार