कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

एमसीसी राष्ट्रको समृद्धि र विकासका लागि : गृहमन्त्री खाँण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाँणले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधिसभाबाट पास गरिएको बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठन गृह विभागीय १२औँ अधिवेशनको सोमबार गृह मन्त्रालयमा उद्घाटन गर्दै गृहमन्त्री खाँणले एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा नआउने बताउनुभयो ।

“एमसीसी हामीले राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पारित गरेका हौँ । एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा आउन्न”, गृहमन्त्री खाँणले भन्नुभयो ।

एमसीसीले विद्युत्मा विकास, गरिबी निवारण र भौतिक विकासमा सहयोग गर्ने उहाँको भनाइ थियो । अहिले एमसीसीले दिएको सहयोगको ठूलो हिस्सा विद्युत्को ट्रान्समिसन लाइन निर्माणमा र केही सड्क निर्माणमा प्रयोग गरिने गृहमन्त्री खाँणले बताउनुभयो ।

उहाँले विद्युत्को तारबाट विद्युत् आउने, विदेशी सेना नआउने बताउनुभयो । “विद्युत्को तारबाट विद्युत् आउँछ, सेना आउँदैन”,  गृहमन्त्री खाँणले भन्नुभयो, “राष्ट्रियतालाई सबल बनाउन एमसीसी ल्याइएको हो ।”

उहाँले नेपालमा उत्पादित विद्युत् खपतका लागि आवश्यक ट्रान्समिसन लाइन एमसीसीमार्फत आउने सहयोगबाट निर्माण हुने बताउनुभयो । एमसीसी पास भएपछि अन्तर्राष्ट्रिय विश्वसनीयता कायम हुने र दातृ निकायले भरोसा कायम गर्ने वातावरण निर्माण भएको उहाँको भनाइ थियो ।

एमसीसी ऋण नभई अनुदान भएको बताउँदै उहाँले आयोजनामा काम गर्न अमेरिकी कामदार आउने भन्ने प्रचार भ्रम मात्रै भएको बताउनुभयो । “एमसीसी ऋण होइन, अनुदान हो”, गृहमन्त्री खाँणले भन्नुभयो, ‘आयोजनामा नेपालीले नै काम गर्ने हो, अमेरिकी कामदार आउँदैनन् ।”

एमसीसी सहयोगबाट सञ्चालन हुने परियोजनामा जुनसुकै कम्पनीले पनि टेण्डर हालेर काम पाउन सक्ने उहाँको भनाइ थियो ।

“एमसीसी सहयोगबाट सञ्चालन हुने परियोजनामा अन्तर्राष्ट्रिय टेण्डर आव्हान हुन्छ । प्रक्रिया पुर्‍याएर जुनसुकै कम्पनीले पनि टेण्डर पार्न सक्छन् । बाहिर आएजस्तो हल्ला होइन ।”

यो सहयोगबाट परिचालित आयोजनाको लेखा परिक्षण गर्ने अधिकार महालेखा परीक्षकको कार्यालयलाई हुने उहाँले बताउनुभयो ।

फरक प्रसङ्गमा गृहमन्त्री खाँणले राष्ट्रसेवक कर्मचारीलाई उचित पारिश्रमिक दिन सकियोस् भन्ने पक्षमा सरकार रहेको बताउनुभयो । साधन र स्रोतको अभावमा सोचे जति पारिश्रमिक दिन नसकिएको उहाँले बताउनुभयो । राष्ट्रसँग स्रोत र साधन बढेमा पारिश्रमिक बढाउँदै लैजाने सोचमा सरकार रहेको उहाँको भनाई थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार