असोज १४, २०८३ बुधबार September 30, 2026

‘आईफोन एसई २०२२’ सार्वजनिक, मूल्य ५२ हजार मात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एप्पलले नयाँ आईफोन एसई सार्वजनिक गरेको छ । मंगलबार राति एक कार्यक्रम गर्दै एप्पलले ‘आईफोन एसई २०२२’ सार्वजनिक गरेको हो ।

यो आईफोनका बडी स्टाइल सन् २०१७ मा सार्वजनिक भएको आईफोन ८ जस्तै देखिन्छ । कम्पनीले नयाँ प्रोसेसर र फाइभजी सपोर्ट सहित यो आईफोन मोडल ल्याएको हो ।

यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा ४२९ डलर (साढे ५२ हजार रुपैयाँ) बाट सुरू हुन्छ । यसमा ए१५ बायोनिक चिप प्रयोग गरिएको छ, जुन हामीले आईफोन १३ सिरिजमा देखेका थियौं ।

यो चिपले अहिलेसम्मकै फास्टर प्रोसेसिङ स्पिड दिने कम्पनीको दाबी छ । आईफोन एसई २०२२ मा १२ मेगापिक्सेलको रियर क्यामेरा छ भने ७ मेगापिक्सेलको सेल्फी क्यामेरा छ, जसले फोरके भिडिओ क्याप्चर गर्नसक्छ ।

चिपसँगै फोनको क्यामेरामा पनि नयाँ विशेषता समावेश गरिएका छन् । जसमा स्मार्ट एचडीआर ८, फोटाग्राफिक स्टाइल्स, डिप फ्युजन लगायतका विशेषता छन् । त्यस्तै वाटर रेसिस्टेन्सका लागि फोनमा आईपी६७ प्रविधि प्रयोग गरिएको छ ।

४.७ इन्चको एलसीडी डिस्प्ले रहेको फोनमा धेरै बेजल्स, टच आईडी, होम बटम जस्ता फिचर छन् । यस पटक पनि आईफोन एसईमा फेसआईडी फिचर उपलब्ध छैन ।

एप्पलले फोनमा अझै क्यूआई वायरलेस चार्जिङ प्रविधि राखेको छ भने यसले म्यागसेफ चार्जिङ प्रविधि सपोर्ट गर्दैन ।

मिडनाइट (ब्ल्याक), स्टारलाइट (ह्वाइट) र प्रडक्ट रेड कलरमा उपलब्ध फाेन आईओएस १५ मा चल्छ भने ६४ जीबी, १२८ जीबी र २५६ जीबी स्टोरेज भेरियन्टमा खरिद गर्न सकिन्छ ।

मार्च ११ देखि अन्तर्राष्ट्रिय बजारमा फोनको प्रिअर्डर र मार्च १८ देखि बिक्री सुरु हुने कम्पनीले जनाएको छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार