कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

मुख्यमन्त्री जीवनबहादुर शाही र विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङबीच भेटवार्ता, कर्णालीमा बिजुली पुर्‍याउनेबारे छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङबीच छलफल भएको छ । मुख्यमन्त्री शाही र घिसिङबीच कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार छलफल  भएको हो ।

छलफलका क्रममा कर्णालीमा विद्युत प्रशारणलाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा निर्देशक घिसिङले एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन पुर्याउने, कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबाटसमेत ३३–३३ केभी प्रसारणलाइन ल्याउने प्रक्रिया शुरू गरिएको बताए ।

यस्तै, निर्देशक घिसिङले साविक कर्णाली अञ्चलका पाँच जिल्लामा २÷२ मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी गरिएको जानकारी दिए ।

भेटका क्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा विद्युत उत्पादनको सम्भावना धेरै भएपनि हाल ८ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको घिसिङले जानकारी गराएका थिए ।

मुख्यमन्त्रीको कुराको जभाव दिँदै निर्देशक घिसिङले अहिलेको ३३ केभी प्रशारणलाइनका कारण कर्णालीबासीले विद्युतको ठूलो समस्या भोगिरहेको प्रति प्राधिकरण निरन्तर लागि परेको र १३२ केभी प्रशाणलाइनको काम चाँडो सम्पन्न निर्देशन समेत दिने प्रतिवद्धता व्यक्त गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार