कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

संघीयता बलियो नभएसम्म कुनै पनि क्षेत्र सबल हुँदैन : मन्त्री साह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः आन्तरिक मामिला तथा संचारमन्त्री भरत साहले संघीयता बलियो नभएसम्म कुनै पनि क्षेत्र सबल नहुने बताएका छन् । सप्तरीमा आज आयाेजित सञ्चार माध्यम र पत्रकार आचार संहिता निर्माण सुझाव संकलन कार्यशालामा बोल्ने क्रममा उनले संघीयतालाई बलियो बनाउन सबैले सहयोग गर्नु पर्ने जोड दिए।

राम्रो गर्नेलाई नीति बनाएर प्रोत्साहन गर्ने तथा सत्य र न्यायलाई ओझेलमा पार्नेलाई  कडाइका साथ निगरानी गर्ने मन्त्री साहको भनाइ छ। साथै, पछाडि परेका जनतालाई कसरी अधिकारसम्पन्न बनाउने भन्ने विषयमा पनि मन्त्रालयले काम गरिरहेकाे उनले बताए।  पत्रकारितामा भएका विकृतिलाई पनि न्युनिकरण गर्न
सरकारले निगरानी गरिरहेकाे उनकाे भनाइ छ ।

आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रूबी कर्णले पत्रकारितामा विभेद र राजनीतिकरण रहेको बताइन् । जात, धर्मबाट जबसम्म पत्रकारमाथि उठ्दैन तबसम्म समस्या समाधान नहुने उनको भनाइ रहेको थियोे । उनले थपिन, ´मधेश प्रदेशको पत्रकारको हकहितका लागि बजेट खर्चिन प्रतिबद्ध छौ ।`

कार्यक्रममा मास मिडिया प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारहरूका लागि एक लाख बराबरको स्वास्थ्य बिमा, दुर्घटनामा परे सात लाख सम्मको बिमा गर्ने गरी काम भइरहेकाे बताए ।

कार्यक्रममा मधेस प्रदेश पत्रकार संघका अध्यक्ष राजेश कर्णले प्रदेश सरकारको ९० प्रतिशत विज्ञापन संघीय मिडियामा आउँने हुँदा स्वरोजगार र श्रमजीवी पत्रकार पीडित बनेकाे बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार