काठमाडौं । कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दुवै जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विजयी भएका छन् ।
अन्यबाट नेकपाका मायाप्रसाद शर्मा तीन हजार ६१८ मतभारका साथ विजयी भएका छन । कांग्रेसका उम्मेदवार डिल्लिराम पाठकले एक हजार २६ मतभार प्राप्त गरेका छन ।
यस्तै, महिलातर्फ नेकपाकै सुमित्रा विसी तीन हजार ६८४ मतका साथ विजयी भइन् । कांग्रेसकी गणेशकुमारी बस्नेतले एक हजार २६ ल्याइन् ।
कर्णालीमा एक जना प्रदेशसभा सदस्यको मत बदर भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया