असोज १४, २०८३ बुधबार September 30, 2026

महँगियो स्मार्टफोन, चर्चित ब्रान्डले रुसमा आफ्ना उत्पादन बिक्री नगर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः युक्रेनमाथि रुसी हमलाको मूल्य युक्रेनका अतिरिक्त रुसले पनि चुकाएको छ । रुसमा  उपभोग्य वस्तुको मूल्य आकाशिएको छ ।

प्रतिबन्धका कारण वितरण प्रभावित हुँदा स्मार्टफोन र टेलिभिजिनको लागत १० प्रतिशतभन्दा बढेको छ । नाइक, एप्पल, आइकेआ जस्ता मूख्य ब्रान्डले रुसमा आफ्नो उत्पादन बिक्री नगर्ने भएका छन् ।

बैंकिङ प्रणालीमा असर

रुसी वित्तीय संस्थाहरूलाई  स्वीफ्ट अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट हटाइएको छ, जसकारण रुसमा लेनदेन गर्न कठिनाइ भएको छ । एपल, गुगल पे, मास्टरकार्ड, भिसा र अन्यले पनि रुसमा आफ्नो सेवा सीमित गरेका छन् ।

रुसीले लुगा र खानेकुरामा बढी खर्च गर्छन् 

राज्य सञ्चालित प्रोम्सभ्याज बैंक (पीएसबी)का अनुसार युद्धको संकेत थाहा पाएपछि रुसीहरू विद्युतीय र औषधिजन्य सामाग्री किन्न पसलमा हतारिएका थिए । मार्चको पहिलो साता उनीहरूले लुगा र खानामा बढी खर्च गरेका थिए । प्रतिबन्धका कारण रुसको व्यापार कटौतीपछि उनीहरूले सामानहरू भण्डारण गरेका थिए ।

मुद्रास्फीति र भण्डारणको हतारका कारण एक साधारण रुसीले मार्चको पहिलो साता फेब्रुअरीको औसत तुलनामा २१ प्रतिशत बढी खर्च गरेको पीएसबीले एउटा नोटमा जनाएको छ । क्रेडिट र डेबिट कार्डको विश्लेषणपछि पीएसबीले सो जानाकारी दिएको हो ।

रुसी हमलापछि विद्युतीय सामग्रीको मूल्य ४० प्रतिशतले बढेको छ । फार्मेसी बिक्री २२ प्रतिशत बढेको छ । लुगा, जुत्ता र सुपरमार्केटमा खर्च १६ प्रतिशतले बढेको पीएसबीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार